Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

बैतडीमा महिला टी–२० क्रिकेट


शहीद दिवसको पूर्वसन्ध्यामा बैतडीको दशरथचन्द नगरपालिकामा सञ्चालित नगरस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरू भएको छ । मङ्गलबारदेखि परेको वर्षाले मङ्गलबार र बुधबारका चारवटा खेल अवरुद्ध भएका थिए ।

अवरुद्ध खेल आजदेखि खेलाउन थालिएको प्रतियोगिता संयोजक वीरसिंह बोहराले जानकारी दिनुभयो । आज दशरथचन्द नगरपालिका–२ देहिमाडौँ र दनपा–५ दशरथ चन्द तथा दनपा–१० बाराकोट र दनपा–११ नागार्जुन भिड्दै छन् । दशरथचन्द नगरपालिकाको वार्षिकी कार्यक्रम र नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो ।

नगरका सात टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले रु २५ हजार तथा उपविजेताले रु १५ हजार प्राप्त गर्ने दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भूपेन्द्र चन्दले जानकारी दिनुभयो ।


प्रकाशित मिति: १२ माघ २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?