Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

कर्णालीको पर्यटन प्रवद्र्धनार्थ ‘राइड टु रारा’ प्रतियोगिता


५ वैशाख ,कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि मुगुसम्म ‘राइड टु रारा’ प्रतियोगिता हुने भएको छ । त्रिवेणी एडभेन्चर्स प्रालि तथा रोयल एन्फिऐड बुलेट बाइक स्वरुमको संयोजनमा वैशाख १०–१३ गतेसम्म ‘राइड टु रारा’ कार्यक्रम आयोजना हुन लागेको हो ।

कार्यक्रममा २० वटा बुलेट बाइकमा ४० जना राइडर्स रारा पुग्ने र उनीहरुको खान तथा अन्य व्यवस्थापन आयोजकले गर्ने प्रालिका सञ्चालक मनराज सिम्खडाले जानकारी दिए । आज वीरेन्द्रनगर सुर्खेतमा पत्रकार भेटघाटमार्फत सञ्चालक सिम्खडाले कर्णालीको पर्यटन प्रवद्र्धन गर्ने तथा रारा पुग्ने उत्कृष्ट राइडर्सलाई दक्षिण एशियाली खेलकुदको इभेन्टमा सहभागी गराउने उद्देश्य राखिएको उहाँले जानकारी दिए ।

उक्त कार्यक्रमका लागि रु आठ लाख बजेट लाग्ने अनुमान गरिएको सिम्खडाले बताए । एफिऐडका सञ्चालक उत्सव भण्डारीले बाइक राइडिङमा १८ वर्षमाथि उमेरकालाई मात्र भाग लिन दिइने बताए । “अहिलेसम्म १२ जना बुलेट राइडर्सले नाम दर्ता गरिसकेका छन् । हामीले २० जना राइडर्सलाई दर्ता गराएर ४० जनालाई रारातालमा पुर्याउने योजना बनाएको छौँ”, उनले भने, “त्यसभन्दा माथि जति थपिँदै गए पनि उनीहरुलाई यो प्रतियोगितामा सहभागी गराउँछौँ ।”

राइडर्ससँग मेडिकल, प्राविधिक तथा फोटोग्राफ टिम हुने र त्यसको डकुमेन्ट्रीसमेत निर्माण हुने सञ्चालक भण्डारीले जनाए । प्रतियोगिताका लागि नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषद्को सहयोग रहेको जनाइएको छ । उक्त कार्यक्रममा भाग लिनेका लागि निःशुल्क दर्ताको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?