Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

तनहुँवासीको गौरवलाई जीवन्त राख्ने जिम्मेवारी पूरा गर्छौँ : उपसभापति गुरुङ


२ वैशाख ,डुम्रे । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रको संरक्षक गौरवलाई जीवन्त कायम राख्ने जिम्मेवारी तनहुँवासीमा आएको बताएका छन् । तनहुँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले देशी, विदेशी निकायले लोकतन्त्रलाई हराउने प्रयासमा रहेकाले सचेत हुनुपर्नेमा जोड दिए ।

लोकतान्त्रिक पद्धतिको उपयोग गरी देशको विकास र लोकतन्त्रको संरक्षण गर्ने प्रतिबद्धता रहेको उनले बताए । “तनहुँवासी अहिले भ्रममा परेर अल्मलिने समय होइन, एक पटकको गल्तीले वर्षौँको विकास निर्माणलाई प्रभावित बनाउँछ”, उपसभापति गुरुङले भने, “दोधार नभएर सुन र पित्तल चिन्नुपर्छ ।”

उनले दोधार नभइ लोकतन्त्रको संरक्षण गर्ने व्यक्तिको छनोट गर्नुपर्ने अवस्था रहेको बताए । लोकतान्त्रिक पद्दतिले मात्रै परिवर्तन हुन्छ : डा रिजाल पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले लोकतान्त्रिक पद्दतिले मात्रै परिवर्तन सम्भव रहेको बताएका छन् ।

तनहुँ लोकतन्त्र सम्बद्र्धन तथा विकास समाजद्वारा दमौलीमा आज आयोजित तनहुँको समुन्नत विकास र आसन्न उपनिर्वाचन विषयक अन्तरक्रियामा उनले लोकतान्त्रिक व्यवस्थाले मात्रै स्वतन्त्रता कायम गरेकाले परिवर्तन हुने बताए ।

“लोकतन्त्रले हरेक मुद्दामा प्रतिस्र्धात्मक तवरबाट अगाडि बढ्ने वातावरण कायम गरेको छ, हरेक कुराको अभिव्यक्ति दिएर जनताको अधिकार पूरा गर्नसक्ने व्यवस्था निर्माण पनि लोकतन्त्रले नै गरेको हो”, उनले भने ।

राष्ट्र निर्माणमा कसैले पनि रोक लगाउन नसक्ने उनको भनाइ छ । लोकतन्त्र र संविधानको संरक्षण गर्नुपर्ने जिम्मेवारी भएको उनले बताए । लोकतान्त्रिक विचारधाराले एकता कायम भएका सत्ता साझेदार पार्टीका तर्फबाट तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा लोकतान्त्रिक वामगठबन्धनका उम्मेदवारलाई मतदान गर्न समेत डा रिजालले अपिल गरे ।

हिँडेर यात्रा गर्नुपर्ने तनहुँको सदरमुकाम आवतजावतमा अहिले हरेक समय समयमा सवारीसाधन चल्ने गरी विकास भएको उनले दाबी गरे । तनहुँको विकास कांग्रेसको नेतृत्वमा नै ग्रामीण क्षेत्रका जनताले सहजता कायम भएको उनले बताए ।


प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?