Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

‘राज्यले सहकारीलाई सहुलियत ऋण दिनुपर्छ’


२४ चैत ,काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञले आर्थिक सामाजिक रुपान्तरणको महत्वपूर्ण आधार सहकारी भएको बताएका छन्‌ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासङ्घको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक रामशरण खरेलले रु एक अर्ब बढी कारोबार गर्ने सहकारी दुई सय भइसकेको जनाउँदै विकास बैङ्क, लघुवित्तभन्दा सहकारी ठूलो भइसकेको बताए ।

उनले भने, “सहकारीको सुधारमा हाम्रो चासो छ, बैङ्कको ब्याज धेरै भएमा सहकारीमा गएर बस्ने गर्छ, त्यो तरिकाले स्वीफ्ट भइरहेको छ, सहकारीलाई ध्यान दिइरहेका हुन्छौँ।” उनले बैङ्कमा ब्याजदर बढी भएपछि सहकारीबाट झिकेर बैङ्कमा राखेको हुनसक्ने जनाउँदै तत्काल फिर्ता नदिने, घरजग्गा र सेयरको मूल्य घट्दा पनि सहकारीमा समस्या आएको बताए ।

“राज्यले सहकारीलाई सहुलियत कर्जा दिनुपर्छ, सहकारी स्वनियमन नहुँदा मात्रै समस्या आउने होइन, राज्यले पनि सहयोग गर्नुपर्छ, तरलतामा सहयोग गर्ने निकाय नहुँदा जतिबेला पनि तरलता अभाव हुन सक्ने छ”, उनले भने ।

खराब कर्जा पाँच प्रतिशतभन्दा कम हुन नहुने व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको उनको भनाइ छ । नेकपा (एमाले) सहकारी विभागका प्रतिनिधि कमल चौलागाईंले नेफ्स्कून र बैङ्कमा लगानी योग्य पैसा नभएको तथा राज्यले सहुलियत ऋण नदिँदा सहकारीलाई तरलता व्यवस्थापनमा समस्या भएको बताए ।

राष्ट्रिय सहकारी बैङ्कका प्रमुख कार्यकारी निर्देशक बद्रीकुमार गुरागाईंले सहकारीमा तरलता सङ्कट र खराब कर्जा बढ्न नदिन शिक्षामा काम गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, “सीप, ज्ञान, शिक्षामा नभइ आफ्नै ढङ्गले काम गर्दा तरलता अभाव आएको छ, अविश्वासका कारण निक्षेप झिकिएको छ, कोभिडका समयमा सहकारीमा राम्रै पैसा आयो, तर त्यसको ‘होल्डिङ टाइम’ हिसाब नगरी लगानी गरेकाले तरलतामा समस्या आयो ।”


प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?