सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले क्रसर व्यावसायीलाई सरकारको तर्फबाट कानून सम्मत सहयोग हुने बताउनुभएको छ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घको आज यहाँ आयोजित आठौँ र नवौँ संयुक्त वार्षिक साधारणसभा उद्घाटन समारोहमा उहाँले नीति निर्माण र कानून बनाउने सन्दर्भमा आफूले सहजीकरण गर्ने धारणा व्यक्त गर्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वीजरल्याण्डका राष्ट्रपति एलेन ब्रसेटसँग भेटवार्ता गर्नुभएको छ । स्वीजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन जानुभएका मन्त्री गिरीले स्वीजरल्याण्डका राष्ट्रपतिसँग भेटवार्ता गर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीले जानकारी दिनुभयो । उहाँहरूबीच बिरामी सुरक्षामा मिलेर काम गर्ने विषयमा छलफल
नेपाल टेलिभिजनका प्रमुख कार्यक्रम निर्माता डा टङ्क उप्रेती यस वर्षको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । उहाँलाई नेपाली कला साहित्य डटकम प्रतिष्ठानले काठमाडाँैको पर्यटन बोर्डमा एक कार्यक्रम आयोजना गरी आज रु ५० हजार राशिसहित सम्मान गरेको हो । वृतचित्रलगायत प्रसारण माध्यमबाट विभिन्न विषय बस्तुका बारेमा जानकारी गराइ
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल नेतृत्वको एक प्रतिनिधिमण्डल बङ्गलादेशमा हुने दक्षिण एसियाली मानवअधिकारसम्बन्धी सम्मेलनमा सहभागी हुन ढाका प्रस्थान गरेको छ । सार्क हुमेन राइट्स फाउण्डेशनको आयोजनामा शुक्रबारदेखि हुन लागेको अन्तर्राष्ट्रिय मापदण्डअनुसार बङ्गलादेशमा मानवअधिकारको अवस्था नामक सम्मेलनमा सहभागी हुन प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालले प्रमुख
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा आज दिउँसो भएको भेटमा अध्यक्ष नेपालले राजदूत सङलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभयो । उहाँहरूबीच नेपाल–चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्ष, दुई देशबीचको दौत्य
नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाउनुभएको केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिनुभयो । सिंह हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ । उहाँको जन्म मितिको विवादित विषय हालै सार्वजनिक भएको थियो
बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् । बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा आश्रय लिइरहनुभएको छ । छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओढारमा बस्नुपरेको उहाँले
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय समाचार समिति (रासस) ले खोजमूलक आलेख र समाचार सङ्कलनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । राससको ६२औँ वार्षिकोत्सव समारोहलाई आज केन्द्रीय कार्यालयमा आज सम्बोधन गर्नुहुँदै उहाँले सूचना प्रविधि र पाठकको रुचिमा आएको परिवर्तनलाई सम्बोधन गर्न खोजमूलक सामग्री उत्पादनमा जोड दिनुभएको हो । स्थानीय
नेपाली सेनाको पहलमा जिल्लास्थित निशान भवगती मन्दिरको जीर्णोद्धार गरिएको छ । नेपाल एकीकरणका समयमा विसं १८२६ मा स्थापना भएको सो मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको थियो । जीर्णोद्धार गरिएको मन्दिरको सहायक रथी महेशकुमार थापाले शनिबार शुभारम्भ गर्नुभएको छ । इतिहास बोकेको मन्दिरको जीर्णोद्धार भएसँगै स्थानीयवासी खुशी भएका छन् । “यो
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा धुलिखेल नगरपालिका यस वर्ष जिल्लामा उत्कृष्ट भएको छ । जिल्लाका १३ स्थानीय तहमध्ये धुलिखेल नगर सबैभन्दा बढी अङ्क ६५ दशमलव प्राप्त गरी जिल्लामा उत्कृष्ट भएको हो । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । जसमा नमोबुद्ध नगरपालिकाले ६४ दशमलव ६० अङ्क