Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितको सम्मान


७ चैत्र ,नवलपरासी । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा शानदार नतिजा निकाल्दै विश्वकप छनोटमा प्रवेश गराउन सफल नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बर्दघाट–१४ बुद्धबस्ती निवासी राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेललाई बर्दघाट नगरपालिकाले आज सम्मान गरेको छ ।

पौडेललाई गृह जिल्लामा स्वागतसहित एक कार्यक्रम आयोजना गरी हौसलास्वरूप रु ५१ हजार र प्रमाणपत्रसहित नगरपालिकाले सम्मान गरेको हो । नगरपालिकाले उच्च प्रदर्शन गर्दै विश्वकप क्वालिफायरमा छनोट भई सिङ्गो राष्ट्रसहित बर्दघाट नगरपालिकालाई गौरवान्वित बनाउन सफल भएकामा बर्दघाट–१४ निवासी पौडेललाईसम्मान गरेको हो ।

कार्यक्रममा कप्तान पौडेलले आगामी दिनमा समेत उत्कृष्ट खेल प्रदर्शन गरी नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन अहोरात्र खटिने बताए ।

मातृभूमिमा आफूलाई गरिएको सम्मानले थप ऊर्जा मिलेको उनले बताए । गृह जिल्ला आइपुगेका पौडेललाई पश्चिम नवलपरासीमा रहेका विभिन्न सङ्घ/संस्था र स्थानीय तहले स्वागतसहित सम्मान गरेका छन् ।

नगरपालिका, जेसिज, खेलकुद विकास समिति, लायन्स क्लबलगायतका संस्थाले विभिन्न कार्यक्रम गरी सम्मान गरेका हुन् ।


प्रकाशित मिति: ७ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?