Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

बाबा साहित्य साधक सम्मान श्रेष्ठ र अधिकारीलाई


७ चैत्र ,गण्डकी । बाबा साहित्य साधक सम्मान २०७८ र २०७९ क्रमशः तनहुँका साहित्यिक अभियन्ता आनन्दसुन्दर श्रेष्ठ र कास्कीका कवयत्री लिली अधिकारीलाई अर्पण गरिने भएको छ ।

कवि तथा गीतकार दुर्गाबहादुर शाह ‘बाबा’लाई प्राप्त पुरस्कार र विसं २०६७ मा एकल कविता वाचन कार्यक्रममा सङ्कलित रकमबाट सो सम्मान प्रदान गरिँदै आइएको छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य सहप्राध्यापक कृष्णप्रसाद पौडेलको संयोजकत्वमा लोककिन्नरी हरिदेवी कोइराला र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रष्टी कार्यसमिति सदस्य ऋषि बराल सदस्य रहेकोे प्रतिभा छनोट समितिको सिफारिसलाई सङ्घर्षमा कलमका अध्यक्ष कृष्ण सारथीको अध्यक्षतामा सम्पन्न बैठकले पुरस्कृतको नाम छनौट गरेको हो ।

श्रेष्ठ शुक्ला साहित्य सङ्गम तनहुँका पूर्वअध्यक्ष हुन । उनको ‘उद्वेलित मनहरू’ गजल सङ्ग्रह कृति प्रकाशित छ । पोखरा–२४ का अधिकारीको ‘पहराको फूल’ कविता सङ्ग्रह प्रकाशित छ ।

गण्डकी प्रदेशभित्रका स्रष्टालाई अर्पण गरिँदै आएको बाबा साहित्य साधक सम्मानबाट लमजुङका रुपिन्द्र प्रभावी, गोरखाकी सरस्वती श्रेष्ठ सरु, बागलुङका सुमन श्रापित, पर्वतका शान्तिनारायण श्रेष्ठ, कास्कीका धनबहादुर गायक र कृष्णप्रसाद पौडेल यस अगाडि सम्मानित भइसकेका छन्‌ ।

सम्मानको राशि नगद रु १० हजार पाँच सय ५५ नगद, सम्मानपत्र र दोसल्ला छ । यस वर्ष दुवै सम्मान २०७९ चैत १८ गतेका दिन प्रदान गरिने सङ्घर्षमा कलमका सदस्यसचिव असफल गौतमले जानकारी दिए ।


प्रकाशित मिति: ७ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?