Trending
>>   जापानको टोकियोमा अहिलेसम्मकै बढी गर्मी >>   आज मिति २०८२ साल असार ०४ गते बुधबार ,हेर्नूहोस् आजको राशिफल >>   रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था आयोः प्रमुख सचेतक बर्तौला >>   कर्मचारीहरूप्रति ऊर्जा मन्त्री खड्काको कटाक्षः कामप्रति गम्भीर नहुने प्रवृत्तिले देश कहाँ पुग्छ ? >>   मिस्टर महानगर बडिबिल्डिङको तयारी पूरा >>   सत्तारुढ दलहरु एकअर्कालाई सिध्याउने मानसिकताले अघि बढेः महासचिव गुरुङ >>   राज्य बेपत्ता नागरिकप्रति संवेदनहीन भएको महासचिव चन्दको आरोप >>   भिजिट भिसा प्रकरणको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन आयोग चाहिन्छः रास्वपा >>   सरकारले कोठाभित्र बोलाएर बाहिर निस्किने ढोका बन्द गरिदियोः इप्पान >>   देशभित्र भविष्य खोज्ने अभियानलाई तिब्रता दिनुपर्छः अर्थमन्त्री पौडेल
Logo
४ असार २०८२, बुधबार
४ असार २०८२, बुधबार

पत्रकारको हितमा आमसञ्चार विधेयक : मुख्यमन्त्री अधिकारी


६ चैत्र ,कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पत्रकारको हित हुने गरी नै प्रदेश सरकारले आमसञ्चार विधेयक अघि बढाउने बताएका छन्‌ । अनलाइन पत्रकार सङ्घ गण्डकीको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको आज पोखरामा उद्घाटन समारोहमा उनले पत्रकारको हितमा सञ्चार विधेयक ल्याउने प्रतिबद्धता जनाएका हुन्‌ ।

सरकारले आमसञ्चार विधेयक संसद्मा दर्ता गरेर पनि विचाराधीन अवस्थामा राखेको छ । विधेयक कहिले अघि बढ्छ भन्ने बारेमा भने उनले केही उल्लेख गरेनन् । मुख्यमन्त्री अधिकारीले अनलाइन समाचारले समाजमा नकारात्मक प्रभाव पारेको बताउँदै व्यवस्थित बनाउनुपर्ने बताए । उनले भने, “अनलाइन पोर्टलको सङ्ख्या बढ्दै जाँदा गुणस्तरीयतामा ख्याल गरिएको देखिँदैन । कतिपय अनलाइन समाचारले समाजमा नकारात्मक प्रभाव पार्ने गरेको छ । अनलाइन मिडियालाई नियमन गर्न आवश्यक छ ।”

पत्रकारिता क्षेत्र गुणस्तरीय नहुँदा सोको असर अन्य क्षेत्रमा समेत पर्ने भएकाले मिडियालाई व्यवस्थित बनाउन मिडिया साक्षरता कार्यक्रम सञ्चालन गर्न मुख्यमन्त्रीले आग्रह गरे । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सरिता तिम्सिना पँगेनीले पत्रकार क्षेत्रको उन्नयनका लागि केही गर्न सके नै लोकतन्त्रको अनुभूति हुने बताइन्‌ ।

पत्रकारका मुद्दाहरूलाई सरकारले सुनवाइ गर्नुपर्नेमा उनको जोड थियो । पत्रकार महासङ्घ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले प्रदेश सरकारले ल्याउन लागेको आमसञ्चार विधेयक पत्रकारमैत्री हुनुपर्ने बताए । कास्की शाखाका अध्यक्ष विमला भण्डारीले अनलाइन मिडियामा आएका समस्यालाई समाधान गर्दै आमसञ्चार मिडियालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताइन्‌ ।

अध्यक्षमा बराल अनलाइन पत्रकार सङ्घ गण्डकीको अध्यक्षमा ढाका मोहन (गणेश) बराल सर्वसम्मत चयन भएका छन्‌ । सङ्घको आज सम्पन्न अधिवेशनले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रह्लादचन्द्र घिमिरे र कोषाध्यक्षमा चन्द्रिका घिमिरे (अनिता) चयन भएका छन्‌ ।

यसैगरी, सदस्यहरूमा सुरेशराज अधिकारी, सरिता गुरुङ, प्रवीण मगर, निरज बसौला, ऋषिराम दाहाल, सञ्जय आचार्य, दीपकराज गिरी, शेखर कोइराला, शिव न्यौपाने, रोहित बास्तोला रहेका छन्‌ ।

कार्यक्रममा सहभागी पत्रकारहरूले अनलाइन सञ्चारमाध्यम दर्तादेखि नवीकरणसम्मको काम झन्झटिलो रहेको उल्लेख गर्दै गण्डकी प्रदेशको राजधानी पोखरामा नै नवीकरण गर्ने व्यवस्था मिलाउने गरी नीति बनाउन आग्रह गरेका थिए ।


प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?