Trending
>>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते >>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला
Logo
२० पुष २०८२, आईतवार
२० पुष २०८२, आईतवार

खेलकुद


जितका लागि अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

काठमाडाैं। अफगानिस्तानले एसीसी यू-१९ एसिया कपमा नेपालसामु २६२ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मा टस हारेर ब्याटिङमा उत्रिएको अफगानिस्तान टोलीले जम्सिद जद्रानको शतकप्रेरित निर्धारित ४९.३ ओभरमा सबै विकेट गुमाएर २६१ रन बनायो । उक्त प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायम राख्न आज नेपाललाई जित्नैपर्ने दबाब

यू-१९ एसिया कप क्रिकेटः अफगानिस्तानसँगको खेलमा नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने

काठमाडाैं। एसीसी-१९ वर्षमुनिको एसिया कप क्रिकेटमा अफगानिस्तानसँगको खेलमा नेपालले टस जितेको छ । नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने नेपालले अब अर्को खेल पर्सि मङ्गलवार भारतसँग खेल्नेछ । त्यस्तै, आजै हुने अर्को खेलमा भारत र पाकिस्तान खेल्दैछन्

आइटिएफ टेनिस : एलेक्सी र आसकुरा च्याम्पियन

२३ ,मङ्सिर ,कास्की । नेपाली मूलका अमेरिकी खेलाडी आरब सम्राट हाडालाई पराजित गर्दै रुसियाका एलेक्सी सिबाभएले पोखरामा आयोजना गरिएको अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटिएफ) को जे–३० को दोस्रो सर्किटको उपाधि जिटेका छन् । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनलमा एलेक्सीले हाडालाई ६–३,

स्वर्ण पदक विजेता गुरुङको सम्मान

२३ ,मङ्सिर ,दमौली । काठमाडौँमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । उक्त प्रतियोगितामा स्वर्ण पदक विजेता देवघाट गाउँपालिका–५ गैडाढुङ्गा निवासी गुरुङलाई गाउँपालिकाले शुक्रबार नगद रु २५ हजारसहित सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले

एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

२२ ,मङ्सिर ,काठमाडौँ । एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । जीतका लागि एक सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २६ दशमलव दुई ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको लागि आजन आविसले सर्वाधिक ५६ रनको योगदान दिए ।

आइटिएफ टेनिस : नेपाली मूलका आरबको समूह च्याम्पियन

२२ ,मङ्सिर ,कास्की । पोखरामा जारी अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटिएफ) को जे–३० प्रतियोगितामा पुरुष डबल्सतर्फ नेपाली मूलका अमेरिकी खेलाडी आरब सम्राट हाडा र जापानका रिकु हिगासीको जोडी च्याम्पियन बनेको छ । महिलातर्फ भने जापानका उता आसाकुरा र भारतका इशी महेश्वरीको जोडी प्रथम हुन सफल भयो । कास्की जिल्ला टेनिस सङ्घको

नेपालले पाकिस्तानलाई दियो एक सय ५३ रनको लक्ष्य

काठमाडौं। एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई एक सय ५३ रनको लक्ष्य दिएको छ । यूएईमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४७ ओभर २ बलमा एक सय ५२ रन बनाउँदा अलआउट भयो भने नेपालका विकेट किपर उत्तम थापा मगरले अर्धशतक बनाए । उनी ७६ बलमा ५१

कोपा अमेरिका २०२४ को ‘ड्र’ सार्वजनिक

काठमाडाैं। आगामी जुनमा हुने कोपा अमेरिका २०२४ को खेल तालिका ‘ड्र’ सार्वजनिक भएको छ । दक्षिण अमेरिकी महादेशको प्रतियोगिता भए पनि उत्तर तथा मध्य अमेरिकी राष्ट्रहरू समेत सहभागी हुने यस प्रतियोगिता अमेरिकामा आयोजना हुन लागेको हो । उत्तर अमेरिकाबाट कोनकाकाफ नेसन्स लिग २०२३-२५ को शीर्ष चारमा रहेका आयोजक अमेरिकासहित मेक्सिको,

एसिया कप क्रिकेट : टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडाैं। संयुक्त अरब इमिरेट्स (युएई) मा आजदेखि सुरु भएको एसिसी उन्नाइस वर्षमुनि (यु-१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानविरुद्धको खेलमा टस हारेको छ । त्यसैगरी, दुबईको आइसिसी एकेडेमी ओझल–२ क्रिकेट मैदानमा भर्खरै भएको टसमा पाकिस्ताननका कप्तान मिराज ताहिर बैगले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । उक्त प्रतियोगितामा नेपाल समूह

एनएसएलमा आज चितवन र बुटवल भिड्दै

काठमाडाैं। काठमाडाैं जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज एफसी चितवन र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै, त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने खेल साँझ ५ बजे सुरु हुनेछ भने आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा रहने छन् । त्यसैगरी, यसअघि भएका तीन खेलमा चितवनले एकमा जित,

सम्वन्धित समाचारहरु