Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

शुभमन गिललाई पछि पार्दै एक दिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिए बाबर आजम


काठमाडौं। पाकिस्तानका पूर्वकप्तान बाबर आजम आईसीसी एक दिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् । त्यस्तै, एक दिवसीय ब्याटिङ वरीयताको तेस्रो स्थानमा भारतका विराट कोहली छन् भने चौथो स्थानमा भारतकै कप्तान रोहित शर्मा छन् । वरीयताको पाँचौँ स्थानमा अस्ट्रेलियाका डेभिड वार्नर रहेका छन् ।

आईसीसीको पछिल्लो वरीयतामा भारतका ओपनर ब्याटर शुभमन गिललाई पछि पार्दै बाबर एक दिवसीय क्रिकेटको ब्याटरमा पहिलो नम्बरमा पुगेका हुन् । यसअघि २ वर्षभन्दा बढी समयसम्म शीर्ष स्थानमा रहेका बाबरको वरीयता गिलले खोसेका थिए ।

त्यसैगरी, एक दिवसीय बलिङ वरीयताको शीर्ष स्थानमा दक्षिण अफ्रिकाका केशव महाराज यथावत् छन् भने दोस्रो स्थानमा अस्ट्रेलियाका जोश हेजलवूड, तेस्रो स्थानमा भारतका मोहम्मद सिराज, चौथो स्थानमा अस्ट्रेलियाका एडम जम्पा र पाँचौँ स्थानमा भारतका जसप्रीत बुमराह छन् ।


प्रकाशित मिति: ४ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?