Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

शुभमन गिललाई पछि पार्दै एक दिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिए बाबर आजम


काठमाडौं। पाकिस्तानका पूर्वकप्तान बाबर आजम आईसीसी एक दिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् । त्यस्तै, एक दिवसीय ब्याटिङ वरीयताको तेस्रो स्थानमा भारतका विराट कोहली छन् भने चौथो स्थानमा भारतकै कप्तान रोहित शर्मा छन् । वरीयताको पाँचौँ स्थानमा अस्ट्रेलियाका डेभिड वार्नर रहेका छन् ।

आईसीसीको पछिल्लो वरीयतामा भारतका ओपनर ब्याटर शुभमन गिललाई पछि पार्दै बाबर एक दिवसीय क्रिकेटको ब्याटरमा पहिलो नम्बरमा पुगेका हुन् । यसअघि २ वर्षभन्दा बढी समयसम्म शीर्ष स्थानमा रहेका बाबरको वरीयता गिलले खोसेका थिए ।

त्यसैगरी, एक दिवसीय बलिङ वरीयताको शीर्ष स्थानमा दक्षिण अफ्रिकाका केशव महाराज यथावत् छन् भने दोस्रो स्थानमा अस्ट्रेलियाका जोश हेजलवूड, तेस्रो स्थानमा भारतका मोहम्मद सिराज, चौथो स्थानमा अस्ट्रेलियाका एडम जम्पा र पाँचौँ स्थानमा भारतका जसप्रीत बुमराह छन् ।


प्रकाशित मिति: ४ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?