Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

स्पेनिस ला लिगा फुटबलस् एथ्लेटिको मड्रिड विजयी


काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड विजयी भएको छ । शनिबार राति सम्पन्न भएको खेलमा सभेल्लिालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

त्यस्तै, जितसँगै एथ्लेटिको मड्रिड लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने उसले बार्सिलोनालाई पछि पारेको हो । एथ्लेटिको मड्रिड र बार्सिलोनाको समान ३८ अङ्क भए पनि गोल अन्तरमा तेस्रो स्थानमा रहन पुग्यो । रियल मड्रिड र जिरोना समान ४५ अङ्कका साथ तालिकाको पहिलो र दोस्रो स्थानमा रहँदा पराजित भएको सेभिल्ला भने १६ अङ्कसहित १५ औँ स्थानमा रहेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एथ्लेटिको मड्रिडले दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै गोल गरेको थियो । मार्कस लोरेन्टले गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम्म जोगाउँदै स्पष्ट ३ अङ्क लिन सफल भएको थियो भने एथ्लेटिको मड्रिड ७०औँ मिनेटमा १० खेलाडीमा झरेको थियो ।

त्यसैगरी, कागलर सोयोन्सु वैकल्पिक खेलाडीको रुपमा ६६ औँ मिनेटमा मैदान प्रवेश गरेका थिए, तर ४ मिनेट पछि नै खराब ट्याकल गरेका कारण भारको सहयोगमा रातो कार्ड दिइएको थियो ।

१० खेलाडीमा रहेको एथ्लेटिको मड्रिडविरुद्ध सेभिल्लाले कुनै पनि दबाब भने बनाउन सकेन ।


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?