Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

स्पेनिस ला लिगा फुटबलस् एथ्लेटिको मड्रिड विजयी


काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड विजयी भएको छ । शनिबार राति सम्पन्न भएको खेलमा सभेल्लिालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

त्यस्तै, जितसँगै एथ्लेटिको मड्रिड लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने उसले बार्सिलोनालाई पछि पारेको हो । एथ्लेटिको मड्रिड र बार्सिलोनाको समान ३८ अङ्क भए पनि गोल अन्तरमा तेस्रो स्थानमा रहन पुग्यो । रियल मड्रिड र जिरोना समान ४५ अङ्कका साथ तालिकाको पहिलो र दोस्रो स्थानमा रहँदा पराजित भएको सेभिल्ला भने १६ अङ्कसहित १५ औँ स्थानमा रहेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एथ्लेटिको मड्रिडले दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै गोल गरेको थियो । मार्कस लोरेन्टले गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम्म जोगाउँदै स्पष्ट ३ अङ्क लिन सफल भएको थियो भने एथ्लेटिको मड्रिड ७०औँ मिनेटमा १० खेलाडीमा झरेको थियो ।

त्यसैगरी, कागलर सोयोन्सु वैकल्पिक खेलाडीको रुपमा ६६ औँ मिनेटमा मैदान प्रवेश गरेका थिए, तर ४ मिनेट पछि नै खराब ट्याकल गरेका कारण भारको सहयोगमा रातो कार्ड दिइएको थियो ।

१० खेलाडीमा रहेको एथ्लेटिको मड्रिडविरुद्ध सेभिल्लाले कुनै पनि दबाब भने बनाउन सकेन ।


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?