Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

प्रधानमन्त्री कप महिला क्रिकेटमा कोशी प्रदेशको लगातार दोस्रो जित


काठमाडौं। प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा कोशी प्रदेशले लगातार दोस्रो खेल जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा कोशीले बागमती प्रदेशलाई ८ विकेटले हराएको हो ।

कोशीलाई जिताउन काजल श्रेष्ठ र अप्सरी बेगमले समान ४१ रनको योगदान गरे । अप्सरी आउट भए पनि काजल नट आउट रहिन् । सो टिमलाई जितका लागि २ रन चाहिएको अवस्थामा १९औं ओभरको पहिलो बलमा बागमतीकी कप्तान अस्मिना कर्मचार्यलाई छक्का प्रहार गर्दै काजोलले कोशीलाई जित दिलाएकी हुन् ।

त्यस्तै, ४ रन बनाउँदा ओपनर रुबिना क्षेत्रीलाई गुमाएको कोशीका यी २ ले दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए भने १८ औं ओभरको अन्तिम बलमा अप्सरी बेगम क्याच आउट भइन् । अप्सरीले ५४ बलमा ४ चौका र १ छक्का प्रहार गरिन् ।

त्यस्तै, यसअघि पहिला ब्याटिङ गरेको बागमतीले २० ‌ओभरमा ८ विकेट गुमाउँदै ८७ रन बनाएको थियो भने बागमतीका यशोदा विष्टले ४१ र अस्मिना कर्मचार्यले २४ रन बनाएका थिए ।
बागमतीका संस्कृति फुयाँल र सोनी पाख्रिनले समान १ विकेट लिए भने कोशीका सबनम राई र अप्सरी बेगमले समान २ विकेट लिए ।

कोशीले हिजो बिहीबार आफ्नो पहिलो खेलमा कर्णाली प्रदेशलाई १० विकेटको फराकिलो अन्तरले हराएको थियो ।

 


प्रकाशित मिति: ६ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?