Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

प्रधानमन्त्री कप क्रिकेट: कोशीले दियो मधेसलाई एक सय ३० रनको चुनौती


वीरगञ्ज,पर्सा। प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितको लागि एक सय ३० रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा कोशी प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १२९ रनको योगफल बनाएको हो । कोशीका लागि कप्तान रुबीना क्षेत्रीले सर्वाधिक ५७ रनको योगदान दिइन् ।

उनले ६४ बल खेल्दै नौ चौकाको मद्दतमा ५७ रनको योगदान गरेकी हुन् । त्यस्तै अप्सरी बेगमले ३९ रन बनाइन् । उनले ४१ बलमा सात चौकाको मद्दतमा ३९ रन बनाएकी हुन् ।

त्यस्तै, सबनम राईले अविजित १६ रन जोडिन् । उनले आठ बलमा दुई चौकाको सहायताले १६ रन जोडेकी हुन् । लकिता राजबंशीले छ तथा नमिता श्रेष्ठले अविजित दुई रन बनाइन् ।

बलिङतर्फ मधेश प्रदेशकी मीना महतोले दुई विकेट लिइन् भने पूजा महतो र सरस्वती चौधरीले एक विकेट झारिन् भने मधेश प्रदेस अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?