Trending
>>   आज २०८१ साल पौष १२ गते शुक्रबार ,हेर्नुहोस आजको राशिफल >>   देशभित्रका समस्या समाधानका लागि दुई ठूला राजनीतिक दल मिलेका हौँः परराष्ट्रमन्त्री राणा >>   कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन काँग्रेस–एमाले सहमत >>   माओवादी फुटेर कहाँ पुग्ने हो निश्चित छैनः विप्लप >>   नेपालमा कम्युनिष्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यकः जनार्दन शर्मा >>   सवारी तथा यातायात व्यवस्था (दशौँ सशोधन) नियमावली, २०८१ स्वीकृत >>   मान्छे खुवाएर बाघ पाल्न सक्दैनौँः प्रधानमन्त्री ओली >>   अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदा भाषण सुनेर फर्किने होइन, निर्णय गराएर आउनुस्ः प्रधानमन्त्री ओली >>   पोखरा विमानस्थलको प्राविधिक पक्षलाई नकारात्मक विषय बनाएर हल्ला गर्नेहरुको व्यापार बन्द भयोः क्यान महानिर्देशक अधिकारी >>   पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न पर्यटनमन्त्री बस्यालको आह्वान
Logo
११ पुष २०८१, बिहीबार
११ पुष २०८१, बिहीबार

खेलकुद


नेपाल कुबेतसँग पराजित

६ असार ,काठमाडौँ । दक्षिण एशियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता १४औँ पुरुष साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । भारतको काँतीराव स्टेडियममा आज भएको उद्घाटन खेलमा नेपाल कुवेतसँग १–३ गोल अन्तरले पराजित भएको हो । कुवेतको जितमा कप्तान खालिद हाजिह, शाबैब अल्खाल्दी र मोहमद अब्दुल्लाहले एक/एक गोल

एसियाडका लागि छ खेलाडी छनोट

६ असार, काठमाडाैँ । नेपाल स्क्वास राकेट्स सङ्घले चीनको होङझावमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि आज छ जना खेलाडी चयन गरेको छ । सङ्घले राउन्ड रोविन लिगको आधारमा गरिएको छनोट प्रतियोगिताबाट परुषतर्फ र महिलातर्फ समान तीन÷तीन खेलाडी छनोट गरिएको हो । एसियाडमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीमा पुरुषतर्फ अरहन्त केशर

आजबाट साफ च्याम्पियनसिप सुरू : नेपालले कुवेतको सामना गर्दै

६ असार, काठमाडाैँ । साफ च्याम्पियनसिपको उदघाटन खेलमा आज नेपाल र कुवेत बिचमा प्रतिस्पर्धा हुदैँँछ । आज भारतको बेंग्लोरमा हुने प्रतियोगिताको उद्‌घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुन लागेको हो । साे खेल दिउँसाे ३ः४५ बजेवाट सुरू हुनेछ । कुबेत पहिलो पटक दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा भाग

पुरुष भलिबलमा नेपाल इरानसँग पराजित

५ असार ,काठमाडौँ । कीर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल इरानसँग पराजित भएको छ । कीर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा आज भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । इरानले नेपाललाई पहिलो सेट २५–१६, दोस्रो सेट २५–२२ तथा तेस्रो

नेपाललाई जितका लागि अमेरिकाले दियो २०८ रनको लक्ष्य

५ असार, काठमाडाैँ। जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट खेल अन्तर्गत समूह चरणको दोस्रो खेलमा अमेरिकाले जितको लागि नेपाललाई २०८ रनको लक्ष्य दिएको छ । ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेटको क्षतिमा २०७ रन बनायो । अमेरिकाका लागि सायन जहानगिरले सतकीय इनिङ्स

 आइसिसी विश्वकप छनोट : अमेरिकाविरुद्धको खेलमा नेपाललाई सुरुआती सफलता

५ असार, काठमाडाैँ । आइसिसी एकदिवसीय विश्वकप छनोट, २०२३ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाललाई सुरुआती सफलता प्राप्त भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले दोस्रो ओभरमै दुई विकेट गुमाएको छ । जिम्बावेको ताकाशिङ्गा स्पोर्ट्स क्लबमा भएको खेलको दोस्रो ओभरमा करन केसीले लगातार दुई विकेट लिएका हुन् । केसीले ओपनर स्टेभन

नेपालमा पहिलो पटक आइस स्केटिङ खेलको सुरुवात

४ असार, काठमाडाैँ  विश्वमै लोकप्रिय खेलका रुपमा रहेको ‘रियल आइस स्केटिङ’ नेपालमा पनि सुरुआत गरिएको छ । काठमाडौँ भद्रकालीस्थित फनल्यान्ड इन्टरटेन्मेन्ट प्रालिले खेलको सुरुआत गरेको हो । बालबालिकादेखि प्रौढसम्मका सबैले खेल्न मिल्ने यो खेलबाट मनोरञ्जन साथै शारीरिक र मानसिक पनि राम्रो मानिन्छ । कम्पनीका सञ्चालन प्रबन्धक शालिकराम खत्रीका अनुसार खेलमा

नेपालले मल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा

४ असार ,काठमाडौँ । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गर्दै विजयी हासिल गरेको छ । माल्दिभ्सको मालेमा गए राति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई ७५–६८ अङ्कले पराजित गर्दै विजयी हासिल गरेको हो । नेपालको यो तेस्रो जित हो ।

विश्वकप छनोट : नेपालले जिम्बावेलाई दियो २९१ रनको लक्ष्य

३ असार, काठमाडाैँ । आइसिसी एकदिवसीय विश्वकप छनोट खेलको उद्घाटन खेलमा नेपाल घरेलु टोली जिम्बावेलाई जितका लागि दुई सय ९१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । हरारे स्पोर्ट्स क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ९० रन बनायो । नेपालका लागि

विश्वकप छनोट खेल : कुशल भुर्तेल शतक नजिक, आशिफ शेखले पार गरे अर्धशतक

३ असार, काठमाडाैँ । आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको उद्घाटन खेलमा नेपाल आज (आइतबार) घरेलु टोली जिम्बावेसँग प्रतिस्पर्धा गरिरहेको छ । जिम्बावेस्थित हरारे स्पोर्ट्स क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले उत्कृष्ट ब्याटिङ गरिरहेको छ । नेपालले २८ ओभरमा विना विकेटको क्षतिमा १५५ रन बनाएको छ ।

सम्वन्धित समाचारहरु