Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

पोखरामा राष्ट्रिय महिला तथा पुरुष भलिबलको तयारी हुँदै


२२ भदौ, पोखरा । पोखराको लामाचौरमा यही भदौ अन्तिम साता राष्ट्रियस्तरको महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी गरिएको छ ।

नव आदर्श सामुदायिक विकास समाज लामाचौर पोखराको आयोजनामा नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजका अवसर पारेर भदौ ३० देखि असोज १ गतेसम्म राष्ट्रिय महिला तथा पुरुष भलिबल हुन लागेको हो ।

लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फ पाँच–पाँच टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा महिलातर्फ तीन विभागीयसहित पाँच टोली र पुरुषतर्फ दुई विभागीयसहित पाँच टोलीको सहभागिता निश्चित भएको नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले जानकारी दिए ।

प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, काठमाडौँको न्यू डायमण्ड एकेडेमी र बुटवलको न्यू एभरेष्ट भलिबल क्लब सहभागिता हुनेछन् । यसैगरी पुरुषतर्फ नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द क्लब बुटवल र बागलुङको गलकोट स्पोट्र्स क्लब सहभागी हुने भएको अध्यक्ष भण्डारीले बताए ।

राष्ट्रिय भलिबल प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेतालाई रु एक लाख ५० हजार एक सय ११ का दरले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । दोस्रो हुने टिमलाई जनही एक लाख एक हजार एक सय ११ र तृतीय हुने टोलीले रु ५० हजार एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तीज महोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय भलिबल प्रतियोगितासहित सितोरियो कराते प्रतियोगिता, अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता, अन्तर महिला समूह तीज गीत प्रतियोगिता, स्रष्टा सम्मान, सांस्कृतिक कार्यक्रमलगायत हुनेछन् । समाजले भलिबल प्रतियोगिताका माध्यमबाट खेलकुदको विकासका साथै विभिन्न सामाजिका कार्यहरू गर्दै आएको समाजका पूर्वअध्यक्ष बुद्धिबहादर खत्रीले बताए ।


प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?