Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

थाइल्याण्डसँग हार्यो नेपाल, विश्वकप ग्लोबल छनोटमा पुग्ने सपना समाप्त


२२ भदौ, काठमाडाैँ । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको सेमिफाइनलको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ ।

मलेसियाको युकेएम वाइएसडी ओभल रङ्गशालामा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४६ रनले  पराजित भएको हो । यस हारसँगै नेपालको विश्वकप ग्लोबल छनोटमा पुग्ने सपना समाप्त भएको छ ।

थाइल्याण्डले दिएको एक सय छ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव तीन ओभरमा अलआउट हुँदा ५९ रनमा समेटियो । नेपालका लागि कविता कुँवरले सर्वाधिक ११ रन जोडिन् भने अप्सरी बेगम र कविता जोशीले समान १० रन बनाए । अन्य खेलाडी दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्नेक्रममा थाइल्यान्डकी ओनिचा कामचोम्फु र थिपाच्चा पुथावाङले समान तीन विकेट लिए भने नटाया बुचथमले दुई तथा फनिता माया र सुनिदा चतुरङ्गरत्नले समान एक विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै एक सय पाँच रनको योगफल बनाएको थियो । थाइल्याण्डका लागि नानपाट कोन्चारोएनकाइले सर्वाधिक ५९ रनको योगदान दिइन । उनले ६३ बलमा चार चौका प्रहार गरिन् । त्यस्तै नथाकन चान्थमले ३१ र चानिदा सुतिरुआङले अविजित ११ रन बनाए ।
नेपालका लागि कविता कुँवर र पूजा महतोले समान एक विकेट लिए । जितसँगै थाइल्यान्ड प्रतियोगिताको फाइनलमा पुग्दै विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ ।

नेपाल समूह ‘ए’ उपविजेता तथा थाइल्यान्ड समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थिए ।


प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?