Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

‘साउथ एशिया कराते कप–२०८०’ मा बझाङका सुदीप प्रथम


२८ ,भाद्र ,भातेखोला (बझाङ) । साउथ एशियन कराते प्रतियोगिता–२०८० मा बझाङका सुदीप कठायतले नेपाललाई प्रथम स्थान दिलाएका छन् ।

भारतको चेन्नईमा सम्पन्न भएको कराते कपमा नेपालको तर्फबाट खेलेका कठायतले ५५ केजी तौलबाट प्रथम भएका हुन् ।

जापान कराते डो कोशीकाई सितोरियो सङ्घबाट नेपालको प्रतिनिधित्व गरेका कठायतले साउथ एशियन कराते प्रतियोगितामा प्रथम स्थान हासिल गरेका हुन् ।

अठार वर्षीय कठायतले फाइनल खेलमा ५५ केजी तौल समूहबाट प्रतिस्पर्धामा उत्रेको बङ्लादेशलाई हराएर प्रथम स्थान हासिल गरेका हुन् ।

समूहको फाइनलमा प्रथम नेपाल, दोस्रो बङ्गलादेश र तेस्रो भारत भएका छन् । कठायत बझाङको मष्टा गाउँपालिका–२ बाडेगाउँको स्थायी निवासी हुन्।


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?