२५ फागुन, काठमाडाैँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम शृङ्खलाको पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्यूगिनीलाई ५२ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव एक ओभरमा सबै बिकेट गुमाउँदै हालसम्म कै उच्च स्कोर दुई सय ९७
पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका, सिन्धुपाल्चोकको आयोजनमा हुन लागेको पाँचाँै संस्करणको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता यही फागुन २७ गतेदेखि हुन लागेको हो । गाउँपालिकाले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २७ देखि चैत ३ गतेसम्म हुने लागेको गाउँपालिकाले जानकारी दिएको छ
२५ फागुन, काठमाडाैँ । घरेलु मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई जितका लागि २९८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव १ ओभरमा सबै विकेट
२५ फागुन, काठमाडाैँ । आशिफ शेखले पहिलो एकदिवसीय शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी आईसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा पपुवा न्यूगिनीविरुद्ध उनले शतक प्रहार गरेका हुन् । उनले १०१ बलमा शतक पूरा गरेका हुन् । उनले खेलको ३५औँ ओभरमा एक रन लिँदै
२३ फागुन, काठमाडाैँ। नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्ट स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडी भएका छन् । मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले गरेको अवार्ड कार्यक्रममा अञ्जनले उत्कृष्ट पुरुष खेलाडीकाे अवार्ड जितेका हुन् । अञ्जन नेपाली राष्ट्रिय फुटबल टोलीका तेश्रो सर्वाधिक गोलकर्ता हुन् । अञ्जनले
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ भएको बताउनुभएको छ । उहाँले खेलकुद अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको स्पष्ट पार्नुभएको छ । काठमाडौँको गोकर्णमा एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स सङ्घको आयोजनामा आयोजित १६औँ एसियन
२२ फागुन, काठमाडाैँ। नेपालले घरेलु टोली युएईमाथि सानदार जित निकालेको छ । सोमबार दुबइ इन्टरनेशनल स्टेडियममा भएको आईसीसी विश्वकप लिग-२ क्रिकेटको त्रीदेशीय श्रृंखलामा नेपालले ४३ रनको जित दर्ता गरेको हो । नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गरे । उनले युएईको तीन विकेट लिएसँगै नेपालले सानदार जित दर्ता गरेको हो
२२ फागुन, काठमाडाैँ। नेपालले घरेलु टोली युएईलाई २३० रनको लक्ष्य प्रस्तुत गरेको छ । यूएईमा जारी आईसीसी विश्वकप लिग-२ क्रिकेटको त्रीदेशीय श्रृंखलामा नेपालले उक्त लक्ष्य प्रस्तुत गरेको हो । नेपालका लागि सर्वाधिक रन भीम सार्कीले बनाए । ९९ बल खेलेका उनले ७ चाैका प्रहार गर्दै ७० रन बनाए । नेपालले
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेको एसियन एथलेट्स् एशोसिएसनका अध्यक्ष एवं वल्र्ड एथलेट्स्का सदस्य डह्लान अल–हमदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको निवास बालुवाटरमा आज बिहान भएको भेटवार्तामा खेलकुद तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
२२ फागुन, काठमाडाैँ। जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा आज युएईको सामना गर्दैछ । दुबई इन्टरनेसनल स्टेडियममा नेपालले घरेलु टोली युएईसँग हुने खेल नेपाली समयअनुसार बिहान ११: ४५ बजेबाट सुरु हुनेछ । नेपाल र युएईले एक अर्काविरुद्ध खेल्दा दुबैको लिग–२ मा समान ३२ औँ