Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

पाकिस्तानसँग नेपाल पराजित


३० जेठ, काठमाडाैँ । नेपाल एसीसी महिला टी-२० इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा पाकिस्तान ‘ए’ सँग पराजित भएको छ । हङकङमा जारी प्रतियोगितामा मंगलबार नेपाल पाकिस्तानसँग नौ रनले पराजित भएको हो ।

पाकिस्तानले दिएको ८८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७८ रनमा समेटिएको थियो ।

नेपालका लागि ओपनर कविता कुँवरले सर्वाधिक २० रन बनाइन् । कविता जोशीले अविजित १५ रन जोडिन् । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा पाकिस्तानकी सईदा शाह र तुवा हसनले दुई दुई तथा अनुशा नासिर र उम्मि हानीले एक एक विकेट लिइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९.२ ओभरमा सवै विकेटको क्षतिमा ८७ रन बनाएको थियो । पाकिस्तानका लागि शवाल जुफिकले २८ रन बनाइन् । कप्तान साना फतिमाले १६ र गुल फरुजाले ११ रन जोडिन् ।

बलिङमा नेपालका इन्दु बर्माले तीन विकेट लिइन् । कविता जोशी, कविता कुवँर र सिता रानामगरले दुई दुई विकेट झारेका थिए ।

जितसँगै समूह ‘ए’ मा रहेको पाकिस्ता शीर्षस्थानमा छ । नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । यस प्रतियोगितामा अन्तिममा थाइल्यान्डले भिसा समस्याका कारण भाग नलिएपछि नेपलालाई सहभागिताको मौका दिइएको हो ।

समूह ‘ए’ मा नेपालसहित हङकङ, भारत र पाकिस्तानका रहेका छन् । प्रतियोगितामा नेपालले दोस्रो खेल जुन १५ मा भारत र १७ मा हङकङसँग खेल्नेछ ।

यस्तै समूह ‘बी’ मा मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), बंगलोदश र श्रीलङ्का रहेको छ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ । फाइनल २१ जुनमा हुनेछ ।


प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?