Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

पाकिस्तानसँग नेपाल पराजित


३० जेठ, काठमाडाैँ । नेपाल एसीसी महिला टी-२० इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा पाकिस्तान ‘ए’ सँग पराजित भएको छ । हङकङमा जारी प्रतियोगितामा मंगलबार नेपाल पाकिस्तानसँग नौ रनले पराजित भएको हो ।

पाकिस्तानले दिएको ८८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७८ रनमा समेटिएको थियो ।

नेपालका लागि ओपनर कविता कुँवरले सर्वाधिक २० रन बनाइन् । कविता जोशीले अविजित १५ रन जोडिन् । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा पाकिस्तानकी सईदा शाह र तुवा हसनले दुई दुई तथा अनुशा नासिर र उम्मि हानीले एक एक विकेट लिइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९.२ ओभरमा सवै विकेटको क्षतिमा ८७ रन बनाएको थियो । पाकिस्तानका लागि शवाल जुफिकले २८ रन बनाइन् । कप्तान साना फतिमाले १६ र गुल फरुजाले ११ रन जोडिन् ।

बलिङमा नेपालका इन्दु बर्माले तीन विकेट लिइन् । कविता जोशी, कविता कुवँर र सिता रानामगरले दुई दुई विकेट झारेका थिए ।

जितसँगै समूह ‘ए’ मा रहेको पाकिस्ता शीर्षस्थानमा छ । नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । यस प्रतियोगितामा अन्तिममा थाइल्यान्डले भिसा समस्याका कारण भाग नलिएपछि नेपलालाई सहभागिताको मौका दिइएको हो ।

समूह ‘ए’ मा नेपालसहित हङकङ, भारत र पाकिस्तानका रहेका छन् । प्रतियोगितामा नेपालले दोस्रो खेल जुन १५ मा भारत र १७ मा हङकङसँग खेल्नेछ ।

यस्तै समूह ‘बी’ मा मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), बंगलोदश र श्रीलङ्का रहेको छ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ । फाइनल २१ जुनमा हुनेछ ।


प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?