Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

ओमानले नेपाललाई दियो जितका लागि २६८ रनको लक्ष्य


३२ जेठ, काठमाडाैँ । आइसीसी एकदिवसीय विश्वकप छनोटको अभ्यास खेलमा ओमानले नेपाललाई २६८ रनको लक्ष्य दिएको छ ।

जिम्बावेको हरारे स्पोट्र्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाउदै २६७ रनको योगफल बनायो । ओमानका लागि कप्तान जिशान मकसुदले सर्वाधिक १०६ बलमा १०९ रनको योगदान दिए भने सोयब खानले ६८ बलमा ३८ रन जोडे । साथै आयान खानले खानले ४६ बलमा ५६ रन, सन्दीप गोडीले ३१ बलमा १५ रन र नसिम खुसिले ९ बलमा १७ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामी एक्लैले पाँच विकेट लिए । साथै सन्दीप लामिछानेले तीन, करण केसी र प्रतिश जिसीले १÷१ विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।

विश्वकप छनोट अन्तर्गतको नेपालले पहिलो खेल आगामी असार ३ गते घरेलु टोली जिम्बाबेसँग खेलनेछ ।


प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?