Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

इन्डो–नेपाल कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारत प्रस्थान


३२ जेठ, काठमाडाैँ । इन्डो–नेपाल कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारततर्फ प्रस्थान गरेको छ ।

भारतको गाजियावादमा हुने इन्डो–नेपाल आशिहारा कराते च्याम्पियनसीपमा भाग लिन बुधबार साँझ नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको सोसाई मात्सुतात्सु ओयामा कराते क्योकुसिनकाइकान नेपालका ब्रन्च चिफ दिपक लामाले जानकारी दिए ।

यही जुन १७ र १८ तारिखमा भारतको उत्तर प्रदेशको गाजियावादस्थित लिलावती पब्लिक स्कुल प्रताप विहारमा कराते प्रतियोगिता सञ्चालन हुँदैछ । स्थलमार्ग हुँदै त्यसतर्फ प्रस्थान गरेको टोलीमा १४ खेलाडीसहित २० जना सहभागी छन् ।

बुधबार साँझ सोसाई मात्सुतात्सु ओयामा कराते क्योकुसिनकाइकान नेपालका कार्यवाहक अध्यक्ष रमेश तामाङले प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई खादा लगाएर शुभकामनासहित बिदाइ गरघेका थिए ।


प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?