Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

दक्षिण एसियाली योग च्याम्पियनशिपको उपाधि भारतलाई


२९ जेष्ठ ,काठमाडौँ । तेस्रो दक्षिण एसियाली योग स्पोर्टस च्याम्पियनशिपको उपाधि भारतले जितेको छ । भारतले ६ स्वर्ण, ८ रजत र ४ कास्य पदक जित्दै प्रतियोगितामा च्याम्पियन बनेको हो ।

काठमाडौँको तिलगङ्गास्थित नेपाल–भारतमैत्री धर्मशालामा आज सम्पन्न उक्त प्रतियोगितामा समान ६ स्वर्ण, ३ रजत र ४ कास्य पदक जित्दै नेपालले दोस्रो स्थान हासिल गर्यो ।

त्यस्तै १ स्वणर्, ३ रजत जित्दै बङ्गलादेशले तेस्रो स्थान हासिल गरेको छ । त्यसैगरी दोस्रो माउन्ट एभरेष्ट योग महोत्सव प्रतियोगितामा पनि भारतले ११ स्वर्ण, ५ रजत र ५ कास्य जित्दै प्रथम स्थान हासिल गरेको छ ।

१ स्वर्ण, २ रतज र २ कास्य जित्दै साउदी अरब दोस्रो तथा ४ कास्य र ५ रजत जित्दै आयोजक नेपालले तेस्रो स्थान हासिल गर्यो । यही जेठ २५ गतेदेखि आयोजना भएको उक्त प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, साउदी अरबलगायत राष्ट्रको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?