Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

दक्षिण एसियाली योग च्याम्पियनशिपको उपाधि भारतलाई


२९ जेष्ठ ,काठमाडौँ । तेस्रो दक्षिण एसियाली योग स्पोर्टस च्याम्पियनशिपको उपाधि भारतले जितेको छ । भारतले ६ स्वर्ण, ८ रजत र ४ कास्य पदक जित्दै प्रतियोगितामा च्याम्पियन बनेको हो ।

काठमाडौँको तिलगङ्गास्थित नेपाल–भारतमैत्री धर्मशालामा आज सम्पन्न उक्त प्रतियोगितामा समान ६ स्वर्ण, ३ रजत र ४ कास्य पदक जित्दै नेपालले दोस्रो स्थान हासिल गर्यो ।

त्यस्तै १ स्वणर्, ३ रजत जित्दै बङ्गलादेशले तेस्रो स्थान हासिल गरेको छ । त्यसैगरी दोस्रो माउन्ट एभरेष्ट योग महोत्सव प्रतियोगितामा पनि भारतले ११ स्वर्ण, ५ रजत र ५ कास्य जित्दै प्रथम स्थान हासिल गरेको छ ।

१ स्वर्ण, २ रतज र २ कास्य जित्दै साउदी अरब दोस्रो तथा ४ कास्य र ५ रजत जित्दै आयोजक नेपालले तेस्रो स्थान हासिल गर्यो । यही जेठ २५ गतेदेखि आयोजना भएको उक्त प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, साउदी अरबलगायत राष्ट्रको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?