Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

एसियाली खेलकुद : जुडोतर्फ आठ खेलाडी छनोट


३१ जेष्ठ ,काठमाडौँ । चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत जुडोका लागि आठ खेलाडी छनोट भएका छन् ।

नेपाल जुडो सङ्घले खुसिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्समा आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट आठ खेलाडी छनोट भएका हुन् । नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यका अनुसार पुरुष र महिलातर्फ समान चार–चार खेलाडी छनोट भएका छन् ।

पुरुष ६० किलोमुनिको तौल समूहमा लुम्बिनी प्रदेशका विकास विक, ६६ किलोमुनि नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ, ८१ किलोमुनि नेपाली सेनाका जङ्गबहादुर सारु र १०० किलोमाथिको तौल समूहतर्फ सेर्नाकै रन्जेश गोले छनोट भएका छन् ।

यस्तै महिला ५२ किलोमाथिको तौल समूहतर्फ बागमती प्रदेशकी देवकीमाया श्रेष्ठ, ५७ किलोमुनि प्रहरीकी मनिता श्रेष्ठ प्रधान, ७० किलोमुनि पुनम श्रेष्ठ र ७८ किलोमाथिको तौल समूहतर्फ आकृति श्रेष्ठ छनोट भएका छन् ।

इन्द्र र देवकी सहोदर दाजु÷बहिनी हुन् । इन्द्र, देवकी र मनिता बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?