Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

एसियाली खेलकुद : जुडोतर्फ आठ खेलाडी छनोट


३१ जेष्ठ ,काठमाडौँ । चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत जुडोका लागि आठ खेलाडी छनोट भएका छन् ।

नेपाल जुडो सङ्घले खुसिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्समा आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट आठ खेलाडी छनोट भएका हुन् । नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यका अनुसार पुरुष र महिलातर्फ समान चार–चार खेलाडी छनोट भएका छन् ।

पुरुष ६० किलोमुनिको तौल समूहमा लुम्बिनी प्रदेशका विकास विक, ६६ किलोमुनि नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ, ८१ किलोमुनि नेपाली सेनाका जङ्गबहादुर सारु र १०० किलोमाथिको तौल समूहतर्फ सेर्नाकै रन्जेश गोले छनोट भएका छन् ।

यस्तै महिला ५२ किलोमाथिको तौल समूहतर्फ बागमती प्रदेशकी देवकीमाया श्रेष्ठ, ५७ किलोमुनि प्रहरीकी मनिता श्रेष्ठ प्रधान, ७० किलोमुनि पुनम श्रेष्ठ र ७८ किलोमाथिको तौल समूहतर्फ आकृति श्रेष्ठ छनोट भएका छन् ।

इन्द्र र देवकी सहोदर दाजु÷बहिनी हुन् । इन्द्र, देवकी र मनिता बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?