Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

खुला पुरुष भलिबलको उपाधि महासङ्घलाई


३० जेष्ठ ,भक्तपुर । भक्तपुरमा सोमबार सम्पन्न राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगितामा नेपाल गणतान्त्रिक खेलकुद महासङ्घ विजयी बनेको छ ।

सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा स्थानीय ॐ सिर्जनशील समाजले गत शनिबारदेखि आयोजना गरेको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा महासङ्घले लिखु गाउँपालिका–८ ओखलढुङ्गालाई ३–१ को सेटमा पराजित गरेको थियो ।

फाइनलको पहिलो खेलमा २५–२१ का अन्तरले लिखुले अग्रता लिए पनि दोस्रो, तेस्रो र चौथो सेटमा भने लिखुविरुद्ध महासङ्घले २५–२०, २५–१९ र २५–२२ को अन्तरले विजय हासिल गरी नगद पुरस्कार, ट्रफी र मेडल हात पार्दै महासङ्घ च्याम्पियन बनेको हो ।

त्यस्तै न्यूटन एकेडेमीले आयोजक टिम ॐ सिर्जनशस्ल समाजलाई ३–० को अन्तरले पराजित गर्दैै तेस्रो स्थान सुनिश्चित गरेपछि आयोजक टिम समाजले सान्तवनामै चित्त बुझाउनुपरेको थियो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य किरण थापाले प्रतियोगितामा प्रथम हुने ने महासङ्घलाई नगद रु ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र, दोस्रो हुने लिखु–६ ओखलढुङ्गालाई नगद पुरस्कार रु २५ हजार, ट्रफी, मेडल, प्रमाणपत्र, तेस्रो हुने न्यूटन एकेडेमीलाई रु १५ हजार, ट्रफी, मेडल, प्रमाणपत्र र सान्त्वना हुने ॐ सिर्जनशील समाजलाई रु १० हजार, मेडल र प्रमाणपत्र प्रदान गरे ।

त्यस्तै प्रतियोगिताको फाइनल खेलमा महासङ्घका खेलाडी विष्णु बस्नेतले म्यान अफ दि म्याचको उपाधि पाए भने बेस्ट स्पाइडरमा महासङ्घकै समित श्रेष्ठ, बेष्ट ब्लकरमा महासङ्घकै सन्तोष रानामगर, बेष्ट सेटर महासङ्घकै मनोज घिमिरे, बेष्ट लिब्रोको उपाधि लिखु–८ का सन्दीप थापा र बेष्ट सर्भर न्यूटन एकेडेमीका धिरजकाजी बस्नेतले उपाधि हात पारे ।

सो अवसरमा प्रदेशसभा सदस्य थापाले खेलमा दर्शकदीर्घाको आकर्षण र सहभागिता देख्दा यहाँ भलिबल खेलका लागि आवश्यक खेलमैदान निर्माण गर्नुपर्ने आवश्यकता देखिएको बताए । त्यस अवसरमा जिल्ला खेलकुद विकास समिति भक्तपुरका प्रमुख दीपक थापा, सूर्यविनायक–४ का वडाध्यक्ष लछुराम न्यौपाने, कार्यक्रमका सभापति एवं आयोजक समाजका अध्यक्ष अर्जुन केसी लगायतले भलिबल खेलमैदानको आवश्यकतालाई सङ्घ, प्रदेश र स्थानीय सरकारले पूरा गर्न लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न देशमा गएर भलिबल खेलमा उत्कृष्टता हासिल गर्ने खेलाडी धिरजकाजी बस्नेत र विष्णु बस्नेतलाई प्रदेशसभा सदस्य थापाले सम्मान गरे । आयोजक समितिका संयोजक पेशल आचार्यले प्रतियोगितामा आठ जिल्लाका १० समूहको सहभागिता रहेको जानकारी दिए । प्रतियोगितालाई विभिन्न सहयोग पुर्याउने दाता एवं सहयोगीलाई सम्मान एवं प्रशंसापत्र प्रदान गरिएको थियो ।


प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?