Trending
>>   ६.८ म्याग्निच्युडको भूकम्पपछि चीनमा ३ हजार ६ सय बढी पराकम्प >>   ठमेलबाट चिनियाँ नागरिकको अपहरण, ३ भारतीय पक्राउ >>   टर्की प्रहरीद्वारा १ करोड १२ लाखभन्दा बढी अवैध लागुऔषध चक्की जफत >>   अस्ट्रेलियामा पहिलो राष्ट्रिय अटिजम रणनीति शुरु >>   भारतीय रुपैयाँको मूल्य अमेरिकी डलरको तुलनामा ८६.६० भन्दा बढीमा झर्यो >>   २०२४ मा इस्तानबुलमा मदिराको विषाक्तताबाट ४८ जनाको मृत्यु >>   बेलारुसमा राष्ट्रपति चुनावको तयारी >>   नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै >>   चार संसदीय समितिको बैठक बस्दै >>   मौसम :आज यी प्रदेशमा वर्षाको सम्भावना
Logo
२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

खेलकुद


अष्ट्रेलिया पलायन भएका विमल एनएसएल खेल्न नेपाल आउने

काठमाडौं । अष्ट्रेलिया पलायन भएका विमल घर्ती मगर नेपाल सुपर लिग एनएसएल खेल्न नेपाल आउने भएका छन् । चितवन एफसीमा आइकन प्लेअरको रुपमा अनुबन्ध हुँदै एनएसएल खेल्ने जानकारी उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन् । ललितपुर एफसीसँगको मार्की प्लेअरको सम्झौता रद्ध गरेर अष्ट्रेलिया पुगेका विमलले नेपाल आएर चितवनबाट एनएसएल

१९औं एसियाडको महिला भलिबलमा नेपालको लगातार दोस्रो हार

हान्झाउ । नेपाली महिला भलिबल टोलीले चीनको हान्झाउमा जारी १९औं एसियाडमा लगातार दोस्रो खेलमा हार बेहोरेको छ । सोमबार भएको समूह सी अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाल दक्षिण कोरियासँग सोझो सेटमा पराजित भएको छ । नेपाल दक्षिण कोरियासँग २५-२१, २५-१४, २५-११ ले पराजित भएको हो । दुबै खेलमा पराजित भएपछि

एसियाली खेलकुद : नेपालले कबड्डीमा पदक जित्ने लगभग पक्का

हान्झाउ । १९औं एसियाडमा नेपालले कबड्डीमा पदक जित्ने सम्भावना बलियो भएको छ । पहिलो पटक एसियाडमा सहभागिता जनाएको नेपालको महिला कबड्डी टिमले सोमबार बंगलादेशलाई ३७-२४ पहिलो खेलमा हराएपछि नेपालको सम्भावना बलियो भएको हो । महिला कबड्डीमा कुल ७ टोली सहभागी भएकोमा नेपाल रहेको समूहमा इरानसहित तीन टिम मात्र छन् ।

माल्दिभ्सलाई हराउँदै  नेपाल १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा

हान्झाउ । माल्दिभ्सलाई पराजित गर्दै नेपाल १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा आइतबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपालले अन्तिम आठमा स्थान पक्का गरेको हो । नेपालले अब क्वाटरफाइनलमा भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशर अफगानिस्तानमध्ये एक

कुशलकी आमा भन्छिन् -‘साग केलाउँदै छोराको खेल हेरेँ, देशको नाम राख्यो निकै खुसी छु’

१४ ,असोज ,लुम्बिनी । चीनको हान्झाउ सहरमा १९औँ एसियाली खेलकुदअन्तर्गतको मङ्गोलियाविरुद्धको पहिलो टी–२० क्रिकेट प्रतियोगिता चलिरहँदा काठमाडौँमा रहेकी क्रिकेटर कुशल मल्लकी आमा शर्मिलाले उक्त खेल सुरुदेखि अन्तसम्म पूरै हेरिन् । प्रतियोगितामा सहभागी हुन चीन जाँदा बिदाइ गरेकी शर्मिलाले बुधबार भएको खेल घरमा बसेर साग केलाउँदै पूरै हेरिरहँदा नेपाली क्रिकेट टोलीले

१९औं एसियाडमा नेपाली पब्जी टोली सेमिफाइनलमा

हान्झाउ । चीनको हान्झाउमा भइरहेको १९औं एसियाड अन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन पब्जी मोबाइलमा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको छ । शुक्राबार चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा एलिमिनेसन राउण्ड क्वाटरफाइनल खेलमा आफ्नो समूहमा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो । अन्य सामान्य गेमभन्दा फरक शैलीको यस खेलमा सेमिफाइनलमा दुई

१९औं एसियाडको पौडीमा नेपालका सबै हिटबाटै बाहिरिए

हान्झाउ ।  १९औं एसियाड अन्तर्गत पौडीमा नेपालका नासिर याहा हुसेन शुक्रबार हिट चरणबाटै बाहिरिएका छन् । हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर अक्वाटिक एरेनामा शुक्रबार भएको पुरुष ४०० मिटर फ्रिस्टाइलमा नासिर हिट चरणबाटै बाहिरिएका हुन् । हिट २ मा प्रतिस्पर्धा गरेका नासिरले निर्धारित दूरी ४ मिनेट २२.०२ सेकेण्डमा पूरा गरे । उनी

‘नेकोस खेलकुद महोत्सव’ शनिबारदेखि

१२ ,असोज ,गण्डकी । नेपाल खेलकुद महासङ्घ समाजवादी (नेकोस)द्वारा आयोजित ‘नेकोस खेलकुद महोत्सव’ शनिबारदेखि सुरु हुँदैछ । उक्त महोत्सवमा समावेश दस खेलमध्ये योग खेल र स्केटबोर्ड पोखरा रङ्गशालामा सञ्चालन हुने आयोजकले जनाएको छ । शनिबार र आइतबार ती खेल सञ्चालन हुने महासङ्घका अध्यक्ष केशवकुमार विष्टले बताए । महोत्सवका अन्य खेल

‘केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी’ क्रिकेट प्रतियोगिता मङ्सिरको पहिलो साता

१२ ,असोज ,कास्की । पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने भएको छ । एकेडेमीका संरक्षकसमेत रहनुभएका पूर्वप्रधानमन्त्री ओलीको सम्मानमा उहाँको नाममा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गर्न लागिएको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले बताए । प्रतियोगिता पोखरा रङ्गशालाको क्रिकेट

१९औँ एसियाली खेलकुद : आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

१२ ,असोज ,हाङझाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ । बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्सहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ । यस्तै दक्षिण कोरिया २४ स्वर्ण, २३ रजत, ३९

सम्वन्धित समाचारहरु