Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

छैटौँ संस्करणको प्रधानमन्त्री कप भैरहवा र काठमाडाैंमा गर्ने तयारी


काठमाडाैं। छैटौँ संस्करणको प्रधानमन्त्री कप भैरहवा र काठमाडाैं मा हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार रुपन्देही जिल्ला क्रिकेट सङ्घलाई पत्राचार गर्दै प्रधानमन्त्री कपको ८ देखि १० खेल भैरहवामा गर्ने क्यानले जानकारी दिएको छ ।

उक्त क्रिकेटलाई काठमाडाैं बाहिर लैजाने योजनाले पहिलो पटक प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको केही खेल भैरहवामा गर्न लागिएको क्यानको भनाई छ । सो प्रतियोगिताअघि केही अन्तर्राष्ट्रिय सिरिज हुने तयारी भइरहेका कारण प्रतियोगिताको मिति भने सार्वजनिक भइसकेको छैन ।

त्यसैगरी, सम्भवत प्रतियोगिता माघको पहिलो सातादेखि हुने बताइएको छ भने यसअघि नै यो प्रतियोगिता राउण्ड रोबिन प्रणालीमा गर्ने तयारी भए पनि निश्चित भने भइसकेको छैन । यसअघिको प्रधानमन्त्री कपको उपाधि एपीएफ क्लबले जितेको थियो ।


प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?