Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

जिरोनासँग बार्सिलोना ४-२ गोलको अन्तरले पराजित


काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत जिरोनाले बार्सिलोनामाथि शानदार जित हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा जिरोनाले बार्सिलोनालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
१२औं मिनेटमा आर्टेमले गोल गर्दै जिरोनालाई अग्रता दिलाएका थिए,तर १९औं मिनेटमा लेवानडोस्कीले गोल गरेपछि बार्सिलोनाले बराबरी गरेको थियो ।

त्यसैगरी, जिरोनाको जितमा आर्टेम डोभबिक, मिगुएल गुटरेज, भलेरी फेर्नानडेज र क्रिस्टियन स्टुआनीले एक एक गोल गरेका थिए भने बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्की र इके गुनडोगानले एक एक गोल गरेका थिए । ४० औं मिनेटमा जिरोनाले फेरि अग्रता बनाएको थियो । उसका गुटरेजले गोल गरेका थिए भने ८०औ मिनेटमा भलेरी फेर्नानडेजले गोल गरेपछि जिरोना ३९१ ले अघि बढेको थियो ।

त्यस्तै, दोस्रो हफको अतिरिक्त दोस्रो मिनेटमा गुनडोगानले गोल गरेपछि बार्सिलोनाले अन्तर ३ २ मा ल्याएको थियो । अतिरिक्त ५ औं मिनेटमा स्टुआनीले गोल गरेपछि जिरोना ४९२ को शानदार जित निकाल्न सफल भयो ।

उक्त जितपछि जिरोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको भने यो यस सिजनमा दोस्रो हार हो भने १६ खेलमा ३४ अंक रहेको बार्सिलोना लिगको चौथो स्थानमा रहेको छ ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?