Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

आइपिएलको अक्सन सूचीमा एसोसिएट देशका दुई खेलाडी मात्र समावेश


काठमाडौं। एक दिवसीय विश्वकप विजेता अस्ट्रेलियन ट्राभिस हेड, प्याट कमिन्स र मिचेल स्टार्क आइपिएल २०२४ को अक्सन सूचीमा समावेश भएका छन् । डिसेम्बर १९ मा दुबईमा हुने अक्सनमा न्युजिल्यान्डका रचिन रवीन्द्र पनि समावेश छन् भने उनको न्यूनतम मूल्य ५० लाख भारु रहेको छ ।

अक्सन सूचीमा ११९ विदेशी खेलाडीहरू छन्, जसमा दुई एसोसिएट टिमका खेलाडी मात्र पर्न सफल भएका छन् । त्यसैगरी, ११६६ खेलाडीको प्रारम्भिक सूचीबाट अक्सनका लागि ३३३ खेलाडीलाई समावेश गरिएको छ भने प्रारम्भिक सूचीमा नेपालका खेलाडी भए पनि अक्सन सूचीमा नेपाली खेलाडी समावेश छैनन् ।

त्यसैगरी, नेदरल्याण्ड्सका फास्ट बलर पल भान मिकरेन र नामिबियाका अलराउन्डर डेभिड विसे आइपिएल २०२४ को अक्सन सूचीमा परेका खेलाडी हुन् । भारतका शार्दुल ठाकुर, हर्षल पटेल, मनिष पाण्डे र उमेश यादव पनि यसपटक अक्सनबाट टिममा छनोट हुनका लागि अक्सन सूचीमा रहेका छन् ।

अक्सन क्याप्ड खेलाडीहरूबाट सुरु हुनेछ। जसमा ब्याट्सम्यानको सुरुमा हुनेछ, त्यसपछि सूचीबद्ध क्रममा अलराउन्डर, विकेटकिपर, फास्ट बलर र स्पिनरको अक्सन हुनेछ । अनक्याप खेलाडीहरूको लागि पनि यही क्रम लागू हुनेछ ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?