Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

आइपिएलको अक्सन सूचीमा एसोसिएट देशका दुई खेलाडी मात्र समावेश


काठमाडौं। एक दिवसीय विश्वकप विजेता अस्ट्रेलियन ट्राभिस हेड, प्याट कमिन्स र मिचेल स्टार्क आइपिएल २०२४ को अक्सन सूचीमा समावेश भएका छन् । डिसेम्बर १९ मा दुबईमा हुने अक्सनमा न्युजिल्यान्डका रचिन रवीन्द्र पनि समावेश छन् भने उनको न्यूनतम मूल्य ५० लाख भारु रहेको छ ।

अक्सन सूचीमा ११९ विदेशी खेलाडीहरू छन्, जसमा दुई एसोसिएट टिमका खेलाडी मात्र पर्न सफल भएका छन् । त्यसैगरी, ११६६ खेलाडीको प्रारम्भिक सूचीबाट अक्सनका लागि ३३३ खेलाडीलाई समावेश गरिएको छ भने प्रारम्भिक सूचीमा नेपालका खेलाडी भए पनि अक्सन सूचीमा नेपाली खेलाडी समावेश छैनन् ।

त्यसैगरी, नेदरल्याण्ड्सका फास्ट बलर पल भान मिकरेन र नामिबियाका अलराउन्डर डेभिड विसे आइपिएल २०२४ को अक्सन सूचीमा परेका खेलाडी हुन् । भारतका शार्दुल ठाकुर, हर्षल पटेल, मनिष पाण्डे र उमेश यादव पनि यसपटक अक्सनबाट टिममा छनोट हुनका लागि अक्सन सूचीमा रहेका छन् ।

अक्सन क्याप्ड खेलाडीहरूबाट सुरु हुनेछ। जसमा ब्याट्सम्यानको सुरुमा हुनेछ, त्यसपछि सूचीबद्ध क्रममा अलराउन्डर, विकेटकिपर, फास्ट बलर र स्पिनरको अक्सन हुनेछ । अनक्याप खेलाडीहरूको लागि पनि यही क्रम लागू हुनेछ ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?