Trending
>>   हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ >>   जुवातास खेलिरहेको अवस्थामा ३९ जुवाडे पक्राउ >>   नेपालगञ्जमा डेंगु सङ्क्रमणको उच्च जोखिम >>   प्रधानमन्त्रीद्वारा लक्ष्मीपूजाको शुभकामना >>   तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउँछ : उपराष्ट्रपति >>   नेपालले अघि सारेका विषयहरुप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक : अर्थमन्त्री पौडेल >>   नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक : राष्ट्रपति पौडेल >>   उत्तर कोरियाले प्रहार गर्‍यो ब्यालेस्टिक मिसाइल >>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन सहित वर्षाको सम्भावना,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल कार्तिक १५ गते बिहिबार, हेर्नुहोस आजको राशिफल
Logo
१५ कार्तिक २०८१, बिहीबार
१५ कार्तिक २०८१, बिहीबार

राजनीति र खेल उस्तै कुरा हो : सभामुख घिमिरे


काठमाडौं। सभामुख देवराज घिमिरेले राजनीति र फुटबल खेल उस्तै कुरा भएको बताएका छन् । उनले विचारबाट खेलिने राजनीतिको खेल र भौतिक रूपमा खेलिने फुटबल उस्तै भएको बताएका उनले फुटसल नयाँ भएकाले यसलाई प्रोत्साहन गरिनुपर्ने धारणा राखेका छन् ।

त्यस्तै, १७औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगितामा सहभागी हुँदै उनले संसद दिवसका अवसरमा फुटसल खेलेर यो नयाँ खेललाई प्रोत्साहन गर्ने प्रयास गरेको बताए । ‘संसद सेवा दिवस सांसदहरु,सचिवालयका सदस्यहरू, सभामुख, उपसभामुखलगायत सबैले उत्सव मनाउने दिन हो । हामी फुटसल खेलेर उत्सव मनाउँदै छौँ’ उनले भने, ‘फुटसल प्रचलनमा आएको धेरै भएको छैन, त्यस कारण हामीले यसलाई प्रोत्साहन गर्ने, सिक्ने हिसाबले खेल्दैछौं । नेपालमा फुटसल विकास भएको केही समय भयो, ठूलो खेल्ने ठाउँहरू नहुँदा खेरी खास गरी फुटबलको अभ्यास शहरी क्षेत्रमा विकास भएर युवाहरू खेल्छन् । हामीहरू यसमा सामेल भएर उनीहरूलाई उत्साह दिने र आज उत्सवको रूपमा मनाउँदै छौ ।’

त्यस्तै, घिमिरेले राजनीति र फुटबल विचार र भौतिक रूपमा खेलिने भए पनि दुवै उस्तै भएको बताए । उनले भने, ‘राजनीतिमा पनि मुन्टो फर्काइँदैन । राजनीतिमा विचार मिलाउन कोसिस गरिन्छ,मिल्नेकोबीचमा मिलेरै खेलहरू हुन्छ,फुटबलमा पनि एउटा टीम मिलेर अर्कोलाई जित्नेगरी जान्छ । राजनीति र खेल उस्तै कुरा हो । राजनीतिले विचारबाट खेल्छ,यसले भौतिक रूपबाट खेल्ने कुरा हो ।’

उपसभामुख इन्दिरा राना मगरले संसदभित्र कार्यरत कर्मचारीहरूलाई उत्साह दिने हिसाबले कार्यक्रम आयोजना गरिएको बताइन् । ‘सधैँ काम मात्रै गर्दा मानिसलाई तनाव धेरै हुन्छ, सो कार्यक्रमले काम गर्ने नयाँ जोस पनि दिने गर्छ’ उनले भनिन्, ‘त्यस कारण यस्तो कार्यक्रम वर्षमा होइन, महिनामा एक पटक गर्नुपर्ने हुन्छ ।’

उक्त राष्ट्र सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले देशको चौतर्फी विकासका लागि खेल अनुशासन, लगानशीलता र प्रतिभा अगाडि बढाएर राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने सशक्त माध्यम भएको भन्दै यसलाई अगाडि बढाउन, प्रोत्साहन दिने प्रयास भएको बताएका छन् ।

उनले भने, ‘खेलाडीहरूबाट राजनीतिक दलले अनुशासन र सहयोगी भाव सिक्ने हो भने राजनीतिमा सहज हुन्छ ।’आज सुरु भएको यो फुटसल प्रतियोगिता भोलिसम्म सञ्चालन हुनेछ ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?