Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

नेपाल सुपर लिग २०२३ : पोखरा र काठमाडौंसामु स्थिति मजबुत गर्ने मौका (तथ्यांकसहित):-


काठमाडौं। नेपाल सुपर लिग २०२३ मा पोखरा थन्डर्सले सोमबार हुने खेलमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सको सामना गर्दै छ । दशरथ रंगशालामा साँझ ५ बजे हुने यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् ।

१. यो यसपल्टको २१ र समग्रमा प्रतियोगिताकै ४६ औं खेल हुनेछ ।

२. पोखरासामु जितसँगै अंक तालिकाको शीर्ष स्थानमा उक्लने अवसर छ भने यो स्थितिमा पोखरा यसपल्ट लिग तालिकामा दोहोरो अंक छुने पहिलो टिम हुनेछ ।

३. दुवै टिमसामु जित निकाल्दै क्वालिफायररइलिमिनेटर प्रवेशका लागि आफ्नो स्थिति बलियो बनाउने मौका हुनेछ ।

४. पोखराले एफसी चितवन र स्पोर्टिङ इलामलाई समान १–० ले हराएको थियो । उसले ललितपुर सिटी एफसीसँग गोलरहित र झापा एफसीसँग १–१ को बराबरी खेलेको थियो ।

५. पोखरा चार खेलबाट आठ अंकसहित तेस्रो स्थानमा छ । यी चार खेलमा दुई जित दुई बराबरी रहेको छ भने यो सिजन अपराजित तीन टिममध्ये पोखरा पनि एक रहेको छ ।

६. काठमाडौंको चार खेलबाट पाँच अंक छ र पाँचौं स्थानमै छ । यी चार खेलमा एक जित, दुई बराबरी र एक हार रहेको छ ।

७. काठमाडौं आफ्नो पछिल्लो खेलमा बुटवल–लुम्बिनीको हातबाट २–१ ले पराजित भएको थियो । त्यस अगाडि उसले इलामलाई १–० ले हराएपछि चितवनसँग १–१ र झापासँग गोलरहित बराबरी खेलेको थियो ।

८. अहिलेसम्म चितवन र काठमाडौंबीच एक खेल भएको छ । वर्ष ०७८ को त्यो खेल गोलरहित बराबरीमा टुंगेको थियो ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?