Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

नेपाल सुपर लिग २०२३ : पोखरा र काठमाडौंसामु स्थिति मजबुत गर्ने मौका (तथ्यांकसहित):-


काठमाडौं। नेपाल सुपर लिग २०२३ मा पोखरा थन्डर्सले सोमबार हुने खेलमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सको सामना गर्दै छ । दशरथ रंगशालामा साँझ ५ बजे हुने यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् ।

१. यो यसपल्टको २१ र समग्रमा प्रतियोगिताकै ४६ औं खेल हुनेछ ।

२. पोखरासामु जितसँगै अंक तालिकाको शीर्ष स्थानमा उक्लने अवसर छ भने यो स्थितिमा पोखरा यसपल्ट लिग तालिकामा दोहोरो अंक छुने पहिलो टिम हुनेछ ।

३. दुवै टिमसामु जित निकाल्दै क्वालिफायररइलिमिनेटर प्रवेशका लागि आफ्नो स्थिति बलियो बनाउने मौका हुनेछ ।

४. पोखराले एफसी चितवन र स्पोर्टिङ इलामलाई समान १–० ले हराएको थियो । उसले ललितपुर सिटी एफसीसँग गोलरहित र झापा एफसीसँग १–१ को बराबरी खेलेको थियो ।

५. पोखरा चार खेलबाट आठ अंकसहित तेस्रो स्थानमा छ । यी चार खेलमा दुई जित दुई बराबरी रहेको छ भने यो सिजन अपराजित तीन टिममध्ये पोखरा पनि एक रहेको छ ।

६. काठमाडौंको चार खेलबाट पाँच अंक छ र पाँचौं स्थानमै छ । यी चार खेलमा एक जित, दुई बराबरी र एक हार रहेको छ ।

७. काठमाडौं आफ्नो पछिल्लो खेलमा बुटवल–लुम्बिनीको हातबाट २–१ ले पराजित भएको थियो । त्यस अगाडि उसले इलामलाई १–० ले हराएपछि चितवनसँग १–१ र झापासँग गोलरहित बराबरी खेलेको थियो ।

८. अहिलेसम्म चितवन र काठमाडौंबीच एक खेल भएको छ । वर्ष ०७८ को त्यो खेल गोलरहित बराबरीमा टुंगेको थियो ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?