Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

भारतविरुद्ध नेपालको दयनीय ब्याटिङ, ५२ रनमा अलआउट


काठमाडौं। यूएईमा जारी यू-१९ एसिया कपमा नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा भारतविरुद्ध खराब ब्याटिङ गरेको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल २२.१ ओभरमा ५२ रनमै अलआउट भयो ।

बाउन्स र स्वीङ अत्यधिक रहेको पिचमा नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् । १०औँ नम्बरमा आएका हेमन्त धामीले बनाएको ८ रन नै नेपाली ब्याट्सम्यानको उच्च स्कोर रह्यो भने नेपाललाई १२ अतिरिक्त रन पाएको थियो ।

त्यस्तै, भारतका राज लिम्बानीले ७ विकेट लिँदै नेपालको ब्याटिङ ध्वस्त बनाए । उनले ९.१ ओभरमा केवल १३ रन खर्चेका थिए भने भारतीय फास्ट बलर जोडी राज लिम्बानी र आराध्य सुक्लाले सुरुदेखि नै नेपाली ब्याट्सम्यानलाई अप्ठेरोमा पारेका थिए ।

नेपाली ब्याट्सम्यानहरूलाई बलसँग ब्याटको सम्पर्क गराउनै कठिन भएको थियो भने भारतीय बलिङविरुद्ध कुनै पनि ब्याट्सम्यानले आत्मविश्वास देखाउन सकेनन् । इन फर्म अर्जुन कुमाल, कप्तान देव खनाल र स्टार गुल्शन झा तीनैजनाको ब्याट चलेन ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?