Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

भारतविरुद्ध नेपालको दयनीय ब्याटिङ, ५२ रनमा अलआउट


काठमाडौं। यूएईमा जारी यू-१९ एसिया कपमा नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा भारतविरुद्ध खराब ब्याटिङ गरेको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल २२.१ ओभरमा ५२ रनमै अलआउट भयो ।

बाउन्स र स्वीङ अत्यधिक रहेको पिचमा नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् । १०औँ नम्बरमा आएका हेमन्त धामीले बनाएको ८ रन नै नेपाली ब्याट्सम्यानको उच्च स्कोर रह्यो भने नेपाललाई १२ अतिरिक्त रन पाएको थियो ।

त्यस्तै, भारतका राज लिम्बानीले ७ विकेट लिँदै नेपालको ब्याटिङ ध्वस्त बनाए । उनले ९.१ ओभरमा केवल १३ रन खर्चेका थिए भने भारतीय फास्ट बलर जोडी राज लिम्बानी र आराध्य सुक्लाले सुरुदेखि नै नेपाली ब्याट्सम्यानलाई अप्ठेरोमा पारेका थिए ।

नेपाली ब्याट्सम्यानहरूलाई बलसँग ब्याटको सम्पर्क गराउनै कठिन भएको थियो भने भारतीय बलिङविरुद्ध कुनै पनि ब्याट्सम्यानले आत्मविश्वास देखाउन सकेनन् । इन फर्म अर्जुन कुमाल, कप्तान देव खनाल र स्टार गुल्शन झा तीनैजनाको ब्याट चलेन ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?