Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

आईपीएल अक्सनमा परेनन् नेपाली खेलाडी


काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को अक्सनमा नेपालबाट कुनै पनि खेलाडी समावेश भएका छैनन् । बीसीसीआईले सोमबार अक्सनका लागि सार्वजनिक गरेको ३३३ खेलाडीको सूचीमा नेपाली क्रिकेटरको नाम छैन ।

त्यसैगरी, ३३३ मध्ये २१४ भारतीय खेलाडी छन् भने ११९ विदेशी खेलाडी छन् भने अक्सनबाट बढीमा ७७ खेलाडी मात्र लिलामी हुनेछन् । जसमा ३० विदेशी खेलाडीको कोटा रहेको छ । यस पटक एसोसिएट राष्ट्रबाट जम्मा दुई खेलाडी मात्र अक्सनको सूचीमा छन् । जसमा नामिबियाका डेविड वाइजा र नेदरल्याण्ड्सका पउल भान मिकेरेन रहेका छन् ।

पछिल्लो समय नेपालले अन्तर्राष्ट्रिय स्तरमा लगातार सफलता हात पारिरहेको र भारत र पाकिस्तान जस्ता टिमसँग एसिया कप, इमर्जिङ एसिया कप अनि एसियन गेम्समा भारतसँग खेलेकाले नेपालबाट केही खेलाडी अक्सनमा पर्ने आशा थियो,तर कुनै पनि खेलाडी समावेश भएनन् ।

उक्त आईपीएल २०२४ का लागि अक्सन डिसेम्बर १९ मा दुबईमा हुनेछ ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?