Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

आईपीएल अक्सनमा परेनन् नेपाली खेलाडी


काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को अक्सनमा नेपालबाट कुनै पनि खेलाडी समावेश भएका छैनन् । बीसीसीआईले सोमबार अक्सनका लागि सार्वजनिक गरेको ३३३ खेलाडीको सूचीमा नेपाली क्रिकेटरको नाम छैन ।

त्यसैगरी, ३३३ मध्ये २१४ भारतीय खेलाडी छन् भने ११९ विदेशी खेलाडी छन् भने अक्सनबाट बढीमा ७७ खेलाडी मात्र लिलामी हुनेछन् । जसमा ३० विदेशी खेलाडीको कोटा रहेको छ । यस पटक एसोसिएट राष्ट्रबाट जम्मा दुई खेलाडी मात्र अक्सनको सूचीमा छन् । जसमा नामिबियाका डेविड वाइजा र नेदरल्याण्ड्सका पउल भान मिकेरेन रहेका छन् ।

पछिल्लो समय नेपालले अन्तर्राष्ट्रिय स्तरमा लगातार सफलता हात पारिरहेको र भारत र पाकिस्तान जस्ता टिमसँग एसिया कप, इमर्जिङ एसिया कप अनि एसियन गेम्समा भारतसँग खेलेकाले नेपालबाट केही खेलाडी अक्सनमा पर्ने आशा थियो,तर कुनै पनि खेलाडी समावेश भएनन् ।

उक्त आईपीएल २०२४ का लागि अक्सन डिसेम्बर १९ मा दुबईमा हुनेछ ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?