पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जीवनउपयोगी, रोजगारमूलक र गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने धारणाा व्यक्त गर्नुभएको छ । साउथ वेस्टर्न स्टेट कलेजद्वारा आज यहाँ आयोजित विज्ञान प्रदशर्नी कार्यक्रम उद्घाटन गर्दै उहाँले रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । उच्च शिक्षा अध्ययनका क्रममा बर्सेनि हजारौँ विद्यार्थी विदेशिने गरेको
रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) का महासचिव जगन्नाथ चापागाईंले मानवीय सेवाका क्षेत्रमा नेपाललाई थप सहायता उपलब्ध गराउने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “म आइएफआरसीको एक सय ९२ देशको साझा महासचिव एवं कार्यकारी व्यवस्थापक हुँ, नेपाल सरकारले थप सहयोग चाहेमा नेपालका लागि थप मानवीय सहयोग उपलब्ध गराउन म
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आम जनतामा सुशासनको प्रत्याभूति र मुलुकको विकास तथा समृद्धि सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । आज महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित आधारशीला (कम्युन)को २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले यो प्राथमिकता देखिने, बुझिने गरी प्राप्त गर्न सरकारले नीतिगत पूर्वाधार विकासको नीति अख्तियार गरेको
मोरङको उर्लाबारी नगरपालिकामा खानेपानी योजना विस्तार गरिँदै छ । उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले रु ३९ करोडको लागतमा उक्त योजना अगाडि बढाएको हो । सबै नागरिकसमक्ष शुद्ध खानेपानीको पहुँच पु¥याउने उद्देश्यका साथ उर्लाबारी–८ र ९ मा बृहत् सहलगानी योजनाअन्तर्गत खानेपानी योजना विस्तार थालिएको खानेपानी संस्थानका अध्यक्ष चिन्तामणि पौडेलले बताउनुभयो
नेपाल सरकार, संयुक्त राष्ट्र सङ्घ र युरोपेली सङ्घको संयुक्त साझेदारीमा नेपालमा लैङ्गिक समानता , महिला र युवतीको सशक्तिकरणलाई अगाडि बढाउन कार्यक्रम शुभारम्भ गरिएको छ । ‘सशक्त महिला, समृद्ध नेपाल’ नाम दिइएको चारवर्षे संयुक्त राष्ट्रिय कार्यक्रम आज ललितपुरको पाटनमा आयोजित विशेष समारोहमा शुभारम्भ गरिएको हो । उक्त कार्यक्रम महिला, बालबालिका तथा
उज्ज्वल प्रसाईँको कृति ‘एक बागी’को विषय र पात्र हुनुहुन्छ, लेखक खगेन्द्र सङ्ग्रौला । “सङ्ग्रौलाले आफूलाई हेर्ने ऐना हो– एक बागी”, उहाँ भन्नुहुन्छ, “मेरा असङ्गति र अन्तरोविरोधसहित कोही मलाई चिन्न चाहन्छ भने यो पुस्तक पढे हुन्छ ।” सोमबार बागलुङमा गरिएको पुस्तकमाथिको विमर्शमा सङ्ग्रौलाले लेखक प्रसाईँले आफ्नो भण्डारफोर गरेको बताउनुभयो । “जब
सहरी विकासमन्त्री विक्रम पाण्डेले नेपाल पवित्र देवभूमि भएको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० स्थित श्रीसिद्धिदात्री दुर्गा मन्दिर कोटिहोम आश्रममा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको आज उद्घाटन गर्दै मन्त्री पाण्डेले देवभूमिमा शान्ति र विकासको कामना गर्नुभएको हो । “नेपालमा धेरै अप्ठ्यारा परिस्थिति आउँदै गरेका छन्”, उहाँले भन्नुभयो, “यस प्रकार गरिने यज्ञले
बालविवाह न्यूनीकरण गर्न धर्मगुरुलाई अभिमुखीकरण दिन थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बालविवाह न्यूनीकरणका लागि धर्मगुरु, पुजारी, थारू समुदायका महतवाहरूलाई अभिमुखीकरण प्रदान गर्न थालेको हो । यस्ता कार्यक्रम १९ वटै वडामा कार्यक्रम सञ्चालन हुने जनाइएको छ । उपमहानगरपालिकाका १० वटामा धर्मगुरुलाई सचेत पारिने तथा अन्य
पोखराको उत्तरपूर्वस्थित काहुँडाँडा अहिले आन्तरिक र बाह्य रोजाइको गन्तव्यका रूपमा विकास हुँदैछ । कुनै समय प्रचार–प्रसार अभावले गुमनामजस्तै बनेको यो डाँडा सडकको विस्तारले पर्यटकको रोजाइमा पर्न थालेको छ । यहाँ बनाइएको काहुँ धराहराबाट पोखरा उपत्यका अलवोलक गर्न सकिने भएकाले पनि डाँडा उक्लनेहरू बढिरहेका छन् । काहँु डाँडाको अझ प्रचार–प्रसार गर्नका
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हामीले गर्ने व्यवहारले हाम्रो सिद्धान्तका बारेमा बताउने बताउनुभएको छ । पार्टीेको पाँचाँै केन्द्रिय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अध्यक्ष नेपालले हाम्रो सिद्धान्त सही छ की गलत त्यो व्यवहारले देखाउने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामी समाज बदल्न चाहन्छौँँ ।” अध्यक्ष