Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

लोपोन्मुख खेल जोगाउन पुरुष खो खो प्रतियोगिता


लोपोन्मुख अवस्थामा पुगेको खो खो खेल संरक्षण गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले यहीँ फागुन ५ देखि ९ गतेसम्म अन्तरनगर पुरुष खो खो प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख सुनिल प्रजापतिले नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न विधामा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्दै आइरहेको बताउनुभयो ।

भक्तपुर नपा–१ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले प्रतियोगितामा प्रथम हुने टोलीलाई रु एक लाख ५० हजार, दोस्रोलाई रु एक लाख र तेस्रोलाई रु ५० हजार पुरस्कार, प्रमाणपत्रका साथै प्रतियोगितामा सहभागिता जनाउने नगरपालिकाहरुलाई रु पाँच हजार पुरस्कारको व्यवस्था गरिएको जानकारी गराउनुभयो ।


प्रकाशित मिति: ३ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?