Trending
>>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

राष्ट्रिय हितलाई तल पार्न खोजियो : अध्यक्ष ओली


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई तल पार्न खोजिएको टिप्पणी गर्नुभएको छ । एमालेले आजदेखि सङ्गठन सुदृढीकरण तथा विस्तार गर्नका लागि सञ्चालन गरेको दुई महिने ‘मिसन ग्रासरुट’ अभियानको पार्टी मुख्यालयबाट भर्चुअलरूपमा उद्घाटन गर्दै उहाँले स्वतन्त्र नेपाल आफैँ उभिन खोज्दा नदिने र मनोवल गिराउन खोजिएको तर्क गर्नुभयो । देशभक्त शक्तिलाई समाप्त पार्न र परिवर्तनकारी शक्तिलाई पराजित गर्न खोजिएको भन्दै उहाँले अब राष्ट्रिय राजनीति नयाँ उचाइमा जानेसमेत बताउनुभयो । उहाँले न्यायको पक्षमा चल्न खोज्ने शक्तिलाई कमजोर बनाउन खोजिएको धारणा राख्नुभयो । एमाले अध्यक्ष ओलीले आंशिक हिसाबले नेपालको स्वाधिनतालाई दबाउने र खण्डित गर्ने प्रयास गरिएको उहाँको भनाइ थियो ।

उहाँले सत्ताका लागि घुँडा टेक्ने र देशका लागि योगदान दिन तयार रहने शक्तिबीच लडाइँ भइरहेको धारणा राख्नुभयो । सत्ता नै सबथोक हो भनेर लाग्ने शक्तिले मुलुकको भौगोलिक अखण्डतामा मिचे पनि केही नबोल्ने गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले नेपाललाई अतिक्रमित बनाउन खोजिएकोसमेत बताउनुभयो । एमालेले नै लोकतन्त्रलाई बलियो बनाउने बताउँदै उहाँले मिसन ग्रासरुट अभियानबाट एमालेलाई पहिलो शक्ति बनाउने दाबी गर्नुभयो । अध्यक्ष ओलीले आगामी निर्वाचनमा कसैको वैशाखीमा नटेकी एक्लै चुनावी मैदानमा जाने बताउनुभयो । “अबको हाम्रो मिसन ५१ प्रतिशत भोट हो”, उहाँले भन्नुभयो, “निर्वाचनमा हामी कसैको पनि वैशाखी नटेकी लड्छौँ ।” अध्यक्ष ओलीले पार्टीको विचारमा अन्योल र समस्या नभएको भन्दै अभियानले पार्टीलाई थप मजबुद बनाउने बताउनुभयो । उहाँले अभियानले पार्टीलाई वैचारिकरूपमा सशक्त र साङ्गठनिकरूपमा सृदृढ, अनुशासित र एकताबद्ध बनाउने बताउनुभयो । अभियानमा एमालेका महासचिव शङ्कर पोखरेलले अभियानले जनताका बीचमा गएर पार्टीलाई व्यवस्थित गरिने बताउनुभयो । उहाँले अभियानका क्रममा पार्टी सदस्यता वितरण, सदस्यता नवीकरण, सङ्गठन विस्तार गर्ने, नवयुवालाई पार्टी प्रवेशजस्ता कार्य गर्ने बताउनुभयो । उहाँले अभियानका क्रममा पार्टीको आन्तरिक एकतालाई पनि बलियो बनाउनुभयो । अभियानकै क्रममा एमालेले आज सात प्रदेशमा अभिमुखीकरण कार्यक्रम राखेको छ ।

अभियानको अनुगमन र संयोजनका लागि पार्टीका उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेता खटिनुहुने भएको छ । अभियानमा प्रदेश नं १ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, मधेस प्रदेशमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, बागमती प्रदेश उपाध्यक्ष सुरेन्द्र पाण्डे, गण्डकी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, लुम्बिनी प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा, कर्णाली प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सुदूरपश्चिम प्रदेश उपाध्यक्ष विष्णुप्रसाद पौडेल र विशेष कमिटी (केन्द्रीय कार्यालय)मा महासचिव शङ्कर पोखरेल खटिनुभएको छ । यस्तै अभियानमा केन्द्रीय कमिटी सदस्यलाई पालिका तहमा जिम्मेवारी दिइएको छ । प्रत्येक केन्द्रीय सदस्यलाई तीनवटा पालिकामा खटाइएको छ । एमालेको यही माघ २६ गते बसेको सचिवालय बैठकले फागुन र चैत महिनामा पार्टी सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।


प्रकाशित मिति: ५ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?