Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको छ : अध्यक्ष ओली


नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको बताउनुभएको छ । अहिलेको सत्ता गठबन्धन भत्काउन अनेक प्रयाससमेत भइरहेको उहाँले उल्लेख गर्नुभयो । अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकमा अस्थिरता ल्याउन विभिन्न शक्तिले चलखेल गरिरहेको आरोप लगाउनुभयो । “हामीले लिएको समृद्ध नेपाल र सुखी नेपाली राष्ट्रिय आकाङ्क्षा गलत हुन सक्दैन”, उहाँले भन्नुभयो । अध्यक्ष ओलीले एमाले मुलुकको पालेको रुपमा रहेको उल्लेख गर्नुभयो ।

उहाँले देश बनाउने विषय भएकाले राजनीति सोझो रेखामा नजाने भनाइ राख्नुभयो । “देश बनाउनुपर्ने कुरा छ । सोझो रेखामा राजनीति जाँदैन । मैले अनेक उतारचढाव देखेको छु । उतारचढाव फेरि पनि आउँछन् ।” उहाँले भन्नुभयो । अध्यक्ष ओलीले अखिललाई अनुशासित, गतिशिल र एकताबद्ध सङ्गठन बनाउन आग्रह गर्नुभयो । “अखिल नेपालको विद्यार्थी आन्दोलनको मूलधार मात्र नभई राजनीतिक भूमिका खेलेको संस्था हो”, उहाँले भन्नुभयो । एमाले महासचिव शङ्कर पोखरेलले नेपालको राष्ट्रिय राजनीतिलाई कमजोर पार्न विदेशी चलखेल भइरहेको आरोप लगाउनुभयो । एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले स्ववियु निर्वाचनसँग महाधिवेशन जोडिएकाले विद्यार्थीले जायज माग उठाउनुपर्ने बताउनुभयो । एमाले केन्द्रीय सदस्य तथा अखिलका पूर्वअध्यक्ष माधव ढुङ्गेलले नेपालको राजनीतिक आन्दोलनमा विद्यार्थीले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो । अखिल अध्यक्ष सुनिता बरालले महाधिवेशलाई विद्यार्थी आन्दोलनको रुपान्तरणको रुपमा लैजाने उल्लेख गर्नुभयो ।

महाधिवेशन उद्घाटन समारोहमा अखिलका वरिष्ठ उपाध्यक्ष आरसि लामिछाने, नेपाल विद्यार्थी सङ्घका नेता दिनेश शाहीलगायतले आफ्नो धारणा राख्नुभएको थियो । ‘निशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपाल निर्माणको आधार ! गुणस्तरीय शिक्षा, गतिशिल सङ्गठन र स्ववियु निर्वाचन, हाम्रो सरोकार’ नाराका साथ भइरहेको महाधिवेशनमा देशभरिबाट एक हजार पाँच सय ८८ प्रतिनिधि सहभागी छन् । महाधिवेशन सात वर्षपछि हुन लागेको हो । महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।


प्रकाशित मिति: २ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?