एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्तामा इरानमाथि हमला गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय लिने भएका छन् । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले बिहीवार पत्रकार सम्मेलनका क्रममा यस्तो बताएका हुन् । राष्ट्रपतिले आफूलाई स्पष्ट सन्देश दिनुभएको भन्दै उनले निकट भविष्यमा इरानसँग वार्ता हुने की नहुने भन्ने स्पष्टता
एजेन्सी। इण्डोनेसियाको पूर्वी जाभा प्रान्तको बान्युवांगी रिजेन्सीको माउण्ट राउङमा बिहीवार ज्वालामुखी विस्फोट भएको छ । जसले गर्दा उडान शतर्कता जारी गरिएको देशको ज्वालामुखी तथा भूगर्भीय विपद् न्युनिकरण केन्द्रले जनाएको छ । बिहीवार दुई पटक विस्फोट भएको थियो । जसमध्ये ठूलो जकार्ता समय बिहान ४ः४३ बजे आकाशमा खरानीको मुस्लो उडेको थियो
एजेन्सी। बजारको अपेक्षा अनुरूप टर्कीको केन्द्रिय बैंकले बिहीवार आफ्नो नीतिगत दर ४६ प्रतिशतमा अपरिवर्तित राखेको छ । आफ्नो मौद्रिक नीति समितिको बैठकपछि जारी विज्ञप्तिमा बैंकले मे महिनामा मुद्रास्फीतिको अन्तर्निहित प्रवृत्ति घटेको र प्रमुख सूचकहरूले मुद्रास्फीतिको प्रवृत्ति जुन महिनासम्म पनि जारी रहन सक्ने सुझाव दिएका छन् । यद्यपि समितिले मुद्रास्फीतिको जोखिम
एजेन्सी। भारतको दक्षिण–पश्चिमी राज्य महाराष्ट्रमा सडक दुर्घटनामा एक बालक र एक महिलासहित नौ जनाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । एक बालकसहित अन्य तीन जना घाइते भएका छन् । उनीहरूलाई नजिकैको सरकारी अस्पतालमा भर्ना गरिएको छ । राज्यको पुणे जिल्लाको जेजुरी मोरगाउँ रोडमा धेरै तिब्र गतिमा चलाइएको एउटा
एजेन्सी। अमेरिकी फेडरल रिजर्भले संघीय कोष दरहरूको लागि लक्ष्य दायरा ४.२५ प्रतिशतदेखि ४.५ प्रतिशतमा अपरिवर्तित छोडेको छ । आर्थिक गतिविधिको ठोस विस्तारले पर्ख र हेर मोडलाई समर्थन गर्दै यो लक्ष्य अपरिवर्तित राखेको हो । यो व्यापक रूपमा अपेक्षित निर्णयले फेडले लगातार बेन्चमार्क ब्याज दरहरू अपरिवर्तित राख्ने छनौट गरेको चौथो पटक
एजेन्सी। इण्डोनेसियाको पूर्वी नुसा तेङ्गारा प्रान्तमा रहेको माउन्ट लेवोटोबी लाकी–लाकी पुनः विस्फोट भएको छ । जसकारण बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान बाध्य पारेको छ । उडानहरु रद्ध गरिएको छ । ज्वालामुखी तथा भूगर्भीय विपद् न्युनिकरण केन्द्रकाअनुसार ज्वालामुखी बुधवार सक्रिय रह्यो । यसको ढलानमा रहेका धेरै गाउँहरूमा खरानी फैलिएको छ । मंगलवारको
एजेन्सी। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायलसँगको द्वन्द्वमा इरानको आफ्नो रक्षा गर्ने अधिकारलाई समर्थन गर्ने बताएका छन् । संसदमा आफ्नो पार्टीका सदस्यहरूलाई सम्बोधन गर्दै एर्दोगानले इजरायलको लुटेरा र राज्य आतंकवाद विरुद्ध इरानको बचाउ गर्नु वैध र कानूनी भएको बताए । टर्कीले इजरायल–इरान द्वन्द्वको प्रतिक्रियामा सम्भावित प्रतिकुलता र परिदृश्यहरूको लागि तयारी
एजेन्सी। इरान र इजरायलबीच हालै भएको शत्रुतापछि यस क्षेत्रमा बढ्दो तनावकाबीच टर्किएले आफ्नो सीमामा सुरक्षा बढाएको रक्षामन्त्री यासर गुलरले बताएका छन् । छिमेकी इरानमा हालैका घटनाहरूका कारण सीमानामा सुरक्षा उपायहरू बढाइएको गुलरले पूर्वी सीमावर्ती प्रान्त भानको भ्रमणको क्रममा बताए । तेस्रो सेना कमाण्डका कमाण्डरहरूसँगको भिडियो टेलिकन्फरेन्समा बोल्दै गुलरले टर्किएले जारी
एजेन्सी। इण्डोनेसियाले २०३० सम्ममा औलो मुक्त स्थिति प्राप्त गर्न आफ्नो उपायहरूलाई तिब्र बनाएको छ । हाल देशको पूर्वी क्षेत्र पपुवामा केसहरू घटाउने कुरामा ध्यान केन्द्रित गरिरहेको छ । दक्षिणपूर्वी एशियाली देशमा भारतपछि एशियामा दोस्रो सबैभन्दा बढी औलोका केसहरू रहेको रिपोर्ट गरिएको छ । यद्यपि इण्डोनेसियामा २०२२ मा लगभग ४ लाख
एजेन्सी। बुधवार गाजामा इजरायली आक्रमणबाट कम्तिमा ३७ प्यालेस्टिनीहरू मारिएका छन् । जसमा दुई अमेरिकी समर्थित सहायता केन्द्रहरू नजिक १४ जना पनि समावेश छन् । प्रत्यक्षदर्शीहरूले बताएअनुसार इजरायली सेनाले मध्य गाजामा नेत्जारिम जंक्शन नजिकै मानवीय सहायताको लागि भेला भएका भीडमाथि गोलीबारी गरेको थियो । नुसेरातको अल–अवदा अस्पतालले ११ जनाको शव प्राप्त