Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

डेनमार्कद्वारा इयुको अध्यक्षता ग्रहण


एजेन्सी। डेनमार्कले बिहीवार आधिकारिक रूपमा युरोपेली संघ परिषद्को आलोपालो अध्यक्षता ग्रहण गरेको छ ।

युरोपेली आयोग र युरोपेली परिषद्का नेताहरूको भ्रमण र डेनमार्कको दोस्रो ठूलो शहर आरहसमा आधिकारिक उद्घाटन समारोहका साथ डेनमार्कले अध्यक्षता ग्रहण गरेको हो । उद्घाटन कार्यक्रममा डेनिस प्रधानमन्त्री मेट्टे फ्रेडरिकसेनले डेनमार्कले अझ शक्तिशाली र निर्णायक युरोप निर्माण गर्न सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाए । उद्घाटन समारोहमा उपस्थित युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको इयु सदस्यता आकांक्षाको महत्वलाई जोड दिए ।

युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले पनि युक्रेनको सदस्यता प्रक्रियाप्रति इयुको प्रतिवद्धता दोहोर्याए । युरोपेली संघको परिषद्को डेनमार्कको अध्यक्षता २०२५ को अन्त्यसम्म चल्नेछ ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?