Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

डेनमार्कद्वारा इयुको अध्यक्षता ग्रहण


एजेन्सी। डेनमार्कले बिहीवार आधिकारिक रूपमा युरोपेली संघ परिषद्को आलोपालो अध्यक्षता ग्रहण गरेको छ ।

युरोपेली आयोग र युरोपेली परिषद्का नेताहरूको भ्रमण र डेनमार्कको दोस्रो ठूलो शहर आरहसमा आधिकारिक उद्घाटन समारोहका साथ डेनमार्कले अध्यक्षता ग्रहण गरेको हो । उद्घाटन कार्यक्रममा डेनिस प्रधानमन्त्री मेट्टे फ्रेडरिकसेनले डेनमार्कले अझ शक्तिशाली र निर्णायक युरोप निर्माण गर्न सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाए । उद्घाटन समारोहमा उपस्थित युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको इयु सदस्यता आकांक्षाको महत्वलाई जोड दिए ।

युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले पनि युक्रेनको सदस्यता प्रक्रियाप्रति इयुको प्रतिवद्धता दोहोर्याए । युरोपेली संघको परिषद्को डेनमार्कको अध्यक्षता २०२५ को अन्त्यसम्म चल्नेछ ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?