Trending
>>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

नेदरल्याण्ड्समा अत्याधिक गर्मीले जनजीवन प्रभावित


एजेन्सी। नेदरल्याण्ड्स तीन वर्षमा पहिलो पटक आधिकारिक गर्मीको लहरबाट प्रभावित भएको छ । जसले गर्दा रोयल नेदरल्याण्ड्स मौसम विज्ञान संस्थानले देशको दक्षिणपूर्वी क्षेत्रमा अत्यधिक गर्मीको लागि ओरेन्ज कोड अलर्ट जारी गरेको छ ।

उट्रेच्ट प्रान्तमा अवस्थित राष्ट्रिय सन्दर्भ मौसम स्टेशन डे बिल्टमा तापक्रम स्थानीय समयअनुसार बिहान ११ः२० बजे ३० डिग्री सेल्सियस नाघेको छ । यो लगातार पाँचौं दिन उच्च तापक्रमको चिन्ह हो । यो १९०१ मा राष्ट्रिय तापक्रम रेकर्ड शुरु भएदेखि नेदरल्याण्ड्समा ३१ औं आधिकारिक गर्मीको लहर पनि हो । डे बिल्टमा रेकर्ड गरिएको सबैभन्दा लामो गर्मीको लहर १८ दिनसम्म चलेको थियो । जुन १९७५ मा जुलाई २९ देखि अगस्ट १५ सम्म थियो ।


प्रकाशित मिति: १९ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?