Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

मस्कोद्वारा अफगानिस्तानको अन्तरिम सरकारलाई औपचारिक मान्यता


एजेन्सी। अफगानिस्तानको विदेश मन्त्रालयले बिहीवार राति एक विज्ञप्तिमा रूसले आधिकारिक रूपमा अफगानिस्तानको अन्तरिम सरकारलाई मान्यता दिएको बताएको छ ।

रूसको आरआईए नोवोस्ती समाचार एजेन्सीले पनि अफगानिस्तानका लागि रूसी विशेष राष्ट्रपति दूत जामिर काबुलोभलाई उद्धृत गर्दै रूसले अफगानिस्तानमा तालिबान सरकारलाई आधिकारिक रूपमा मान्यता दिएको बताएको छ ।

अफगानिस्तानको विदेश मन्त्रालयको विज्ञप्तिअनुसार अफगानिस्तानका लागि रूसी राजदूत दिमित्री झिरनोभले अफगानिस्तानको इस्लामिक इमिरेट्सका कार्यवाहक विदेशमन्त्री मौलावी अमिर खान मुत्ताकीसँग भेटेर मस्कोको इस्लामिक इमिरेट्सलाई अफगानिस्तानको आधिकारिक सरकारको रूपमा मान्यता दिने निर्णय औपचारिक रूपमा बुझाएका छन् ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?