Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

गाजा युद्धविराम प्रश्तावहरूमा परामर्श गर्दैछौँः हमास


एजेन्सी। हमासले बुधवार मध्यस्थकर्ताहरूले राखेका गाजा युद्धविराम प्रस्तावहरूमा छलफल गर्न परामर्श गरिरहेको बताएको छ ।

प्यालेस्टिनी लडाकू समूहले इजरायली आक्रमणको अन्त्य, इजरायली सेनाको फिर्ता र गाजा पट्टीमा तत्काल मानवीय राहतको वितरण सुनिश्चित गर्ने सम्झौतामा पुग्न मध्यस्थकर्ताहरूको प्रश्तावहरूमा परामर्श गरिरहेको बताएको हो । मध्यस्थकर्ताहरूले पक्षहरू बीचको खाडल कम गर्न, रूपरेखा सम्झौतामा पुग्न र गम्भीर वार्ताको नयाँ चरण शुरु गर्न गहन प्रयास गरिरहेका छन् । हमास र इजरायलले विगतका महिनाहरूमा धेरै चरणका अप्रत्यक्ष वार्ताहरू गरिसकेका छन् । तर कुनै अन्तिम युद्धविराम सम्झौता भएको छैन । अघिल्ला वार्ताहरूमा, हमासले युद्धको पूर्ण अन्त्यको माग गरेको थियो । जबकि इजरायलले अस्थायी युद्धविराममा जोड दिएको थियो ।

इजरायलले मार्च १८ मा गाजामा आफ्नो सैन्य अभियान पुनः शुरु गरेको थियो । दुई महिनाको युद्धविराम समाप्त भयो । त्यसबेलादेखि, गाजाका स्वास्थ्य अधिकारीहरूले बुधवार जारी गरेको तथ्याङ्कअनुसार कम्तिमा ६ हजार ४ सय ५४ प्यालेस्टिनीहरू मारिएका छन् । २२ हजार ५ सय ५१ जना घाइते भएका छन् । अक्टोबर २०२३ मा शुरु भएको द्वन्द्वपछि कुल प्यालेस्टिनीहरूको मृत्युको संख्या ५७ हजार १२ पुगेको छ । जसमा १ लाख ३४ हजार ५ सय ९२ जना घाइते भएका छन् ।


प्रकाशित मिति: १९ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?