Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

गाजा युद्धविराम प्रश्तावहरूमा परामर्श गर्दैछौँः हमास


एजेन्सी। हमासले बुधवार मध्यस्थकर्ताहरूले राखेका गाजा युद्धविराम प्रस्तावहरूमा छलफल गर्न परामर्श गरिरहेको बताएको छ ।

प्यालेस्टिनी लडाकू समूहले इजरायली आक्रमणको अन्त्य, इजरायली सेनाको फिर्ता र गाजा पट्टीमा तत्काल मानवीय राहतको वितरण सुनिश्चित गर्ने सम्झौतामा पुग्न मध्यस्थकर्ताहरूको प्रश्तावहरूमा परामर्श गरिरहेको बताएको हो । मध्यस्थकर्ताहरूले पक्षहरू बीचको खाडल कम गर्न, रूपरेखा सम्झौतामा पुग्न र गम्भीर वार्ताको नयाँ चरण शुरु गर्न गहन प्रयास गरिरहेका छन् । हमास र इजरायलले विगतका महिनाहरूमा धेरै चरणका अप्रत्यक्ष वार्ताहरू गरिसकेका छन् । तर कुनै अन्तिम युद्धविराम सम्झौता भएको छैन । अघिल्ला वार्ताहरूमा, हमासले युद्धको पूर्ण अन्त्यको माग गरेको थियो । जबकि इजरायलले अस्थायी युद्धविराममा जोड दिएको थियो ।

इजरायलले मार्च १८ मा गाजामा आफ्नो सैन्य अभियान पुनः शुरु गरेको थियो । दुई महिनाको युद्धविराम समाप्त भयो । त्यसबेलादेखि, गाजाका स्वास्थ्य अधिकारीहरूले बुधवार जारी गरेको तथ्याङ्कअनुसार कम्तिमा ६ हजार ४ सय ५४ प्यालेस्टिनीहरू मारिएका छन् । २२ हजार ५ सय ५१ जना घाइते भएका छन् । अक्टोबर २०२३ मा शुरु भएको द्वन्द्वपछि कुल प्यालेस्टिनीहरूको मृत्युको संख्या ५७ हजार १२ पुगेको छ । जसमा १ लाख ३४ हजार ५ सय ९२ जना घाइते भएका छन् ।


प्रकाशित मिति: १९ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?