Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

स्पेनमा कार दुर्घटनामा लिभरपुलका फरवार्ड डियोगो जोटा र उनका भाइको मृत्यु


एजेन्सी। लिभरपुलका पोर्चुगिज अन्तर्राष्ट्रिय फरवार्ड डियोगो जोटा र उनका भाइ आन्द्रेको बिहीवार बिहान उत्तर पूर्वी स्पेनमा कार दुर्घटनामा मृत्यु भएको स्पेनी अधिकारीहरूले बताएका छन् ।

पोर्चुगलको छेउमा रहेको जामोरा प्रान्तको क्षेत्रीय सरकारी प्रतिनिधिमण्डलले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै पलासियोस डे सानाब्रियाको ए ५२ रोडमा भएको दुर्घटनामा दुई युवाको मृत्यु भएको जानकारी दिएको छ। साथै अग्नि नियन्त्रक टोली दुर्घटनास्थलमा रहेको र गाडीमा आगो लागेको र आगो वरपरका क्षेत्रमा फैलिएको बताएको छ । दुर्घटनाको कारण अझै अज्ञात छ । तर प्रारम्भिक अनुमानअनुसार दाजुभाइहरू यात्रा गरिरहेको ल्याम्बोर्गिनी स्पोट्र्स कारको टायर फुटेको थियो । जसले गर्दा यो सडकबाट खसेर आगो लागेको थियो ।

जोटाले आफ्नो लामो समयदेखिको प्रेमी रुट कार्डोसोसँग १० दिनअघि जुन २२ मा विवाह गरेका थिए । यो जोडीका तीन साना सन्तान छन् । २०२० मा वोल्भरह्याम्प्टन वान्डरर्सबाट लिभरपुलमा सामेल भएका २८ वर्षीय खेलाडीले प्रिमियर लिग च्याम्पियनका लागि १८२ खेलमा ६५ गोल गरेका छन् । उनले पोर्चुगलका लागि ४९ खेलमा १४ गोल पनि गरेका छन् । उनका २६ वर्षीय भाइ पनि एक पेशेवर फुटबलर थिए । जसले पोर्चुगिज दोस्रो डिभिजनको टोली पेनाफिलबाट खेलेका थिए ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?