Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

स्पेनमा कार दुर्घटनामा लिभरपुलका फरवार्ड डियोगो जोटा र उनका भाइको मृत्यु


एजेन्सी। लिभरपुलका पोर्चुगिज अन्तर्राष्ट्रिय फरवार्ड डियोगो जोटा र उनका भाइ आन्द्रेको बिहीवार बिहान उत्तर पूर्वी स्पेनमा कार दुर्घटनामा मृत्यु भएको स्पेनी अधिकारीहरूले बताएका छन् ।

पोर्चुगलको छेउमा रहेको जामोरा प्रान्तको क्षेत्रीय सरकारी प्रतिनिधिमण्डलले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै पलासियोस डे सानाब्रियाको ए ५२ रोडमा भएको दुर्घटनामा दुई युवाको मृत्यु भएको जानकारी दिएको छ। साथै अग्नि नियन्त्रक टोली दुर्घटनास्थलमा रहेको र गाडीमा आगो लागेको र आगो वरपरका क्षेत्रमा फैलिएको बताएको छ । दुर्घटनाको कारण अझै अज्ञात छ । तर प्रारम्भिक अनुमानअनुसार दाजुभाइहरू यात्रा गरिरहेको ल्याम्बोर्गिनी स्पोट्र्स कारको टायर फुटेको थियो । जसले गर्दा यो सडकबाट खसेर आगो लागेको थियो ।

जोटाले आफ्नो लामो समयदेखिको प्रेमी रुट कार्डोसोसँग १० दिनअघि जुन २२ मा विवाह गरेका थिए । यो जोडीका तीन साना सन्तान छन् । २०२० मा वोल्भरह्याम्प्टन वान्डरर्सबाट लिभरपुलमा सामेल भएका २८ वर्षीय खेलाडीले प्रिमियर लिग च्याम्पियनका लागि १८२ खेलमा ६५ गोल गरेका छन् । उनले पोर्चुगलका लागि ४९ खेलमा १४ गोल पनि गरेका छन् । उनका २६ वर्षीय भाइ पनि एक पेशेवर फुटबलर थिए । जसले पोर्चुगिज दोस्रो डिभिजनको टोली पेनाफिलबाट खेलेका थिए ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?