Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

पुटिनसँग ट्रम्पले भनेः इरान र युक्रेनमा कुनै प्रगति भएन


एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार आफ्नो रुसी समकक्षी भ्लादिमिर पुटिनसँग इरान र युक्रेन द्वन्द्वको बारेमा कुनै प्रगति नभएको बताएका छन् । टेलिफोन संवादका क्रममा उनले यस्तो बताएका हुन् ।

पुटिनसँग आफूले लामो समयसम्म कुरा गरेको र वार्ताका क्रममा इरानसहित युक्रेनको बारेमा पनि चर्चा गरेको बताए । रूसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभका अनुसार लगभग एक घण्टा चलेको फोन वार्तामा पुटिनले मस्कोले युक्रेनसँगको द्वन्द्वमा आफ्नो लक्ष्यहरू प्राप्त गर्ने बताएका छन् ।

पुटिनका सहयोगीले युक्रेनसँगको तेस्रो चरणको वार्ताको लागि रूस तयार रहेको बताए । पुटिन र ट्रम्पले रूस र संयुक्त राज्य अमेरिका बीच ऊर्जा र अन्तरिक्षसहित आर्थिक परियोजनाहरूको श्रृंखला कार्यान्वयन गर्न आफ्नो पारस्परिक चासो देखाएका छन् ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?