Trending
>>   वैदेशिक रोजगारीका लागि गएका एक वर्षमा पन्ध्र सयले ज्यान गुमाए >>   १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >>   आज मिति २०८२ साल साउन १८ गते आइतबार,हेर्नूहोस् आजको राशिफल >>   ५ हजार वर्ष पहिला नै भगवद्गीता र पुराणहरूमा लेखिएको कलीयुगका १० भविष्यवाणिहरू >>   अध्यक्ष श्रेष्ठ : देशमा भ्रष्टाचारले सीमा नाघ्यो >>   सेकुवा कर्नरमा एक किशोरीको हत्या >>   पूर्वराष्ट्रपति युन सोधपुछको लागि आएनन् अदालत >>   अमलेखगञ्ज – लोत्थर पेट्रोलियम पाइपलाइनको काम शुरु >>   शिथिल बनिसकेको दामनको पर्यटन फेरि तंग्रिँदै >>   थाई सेनाले २ जना कम्बोडियन सैनिकलाई मुक्त गर्यो
Logo
१८ श्रावण २०८२, आईतवार
१८ श्रावण २०८२, आईतवार

विश्व


काश्मिरमा झडप, दुई भारतीय सैनिकको मृत्यु

२२ वैशाख, एजेन्सी । भारत प्रशासित काश्मिरमा शुक्रबार दुई सैनिकको मृत्यु भएको छ भने सेनाले विवादित क्षेत्रमा आतङ्ककारीले विछ््याएको विष्फोटक पदार्थका कारण मृत्यु भएको आरोप लगाएको छ । भारतीय सेनाले गत महिनादेखि पाकिस्तानी सीमा नजिकैको रजौरी जिल्लामा विद्रोहीको खोजी अभियान चलाइरहेको छ । सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चट्टानी र

बुद्ध जयन्तीमा श्रीलङ्काका राष्ट्रपतिले दिए ९८८ कैदीलाई आममाफी

२२ वैशाख, काठमाडाैँ । श्रीलङ्काका राष्ट्रपतिले बौद्ध धर्मावलम्बीहरूको सबैभन्दा महत्त्वपूर्ण धार्मिक पर्व वेसाक दिवस (बुद्ध पूर्णिमा) का अवसरमा ९८८ कैदीहरूलाई आममाफी दिदै रिहा गरेका छन् । कारागार विभागका आयुक्त तथा प्रवक्ता चन्दना एकनायकेले देशको संविधानको धारा ३४ बमोजिम राष्ट्रपति रनिल विक्रमासिङ्घेले सो आममाफी दिएको सञ्चारमाध्यमलाई बताए । प्रवक्ता एकनायकेले विभिन्न

सर्वियामा फेरि नरसंहार, ८ जनाको मृत्यु

२२ वैशाख, एजेन्सी । एक साताको अन्तरालमा सर्वियामा फेरि नरसंहारको अर्को घटना भएको छ । बेलग्रेडबाट ६० किलोमिटर दक्षिणमा रहेको म्लादेनोभाकमा गुडिरहेको गाडीबाट एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको तथा अन्य १३ जना घाइते भएका सरकारी सञ्चार माध्यमले जनाएका छन् । बिहीबार साँझ दुबोनास्थित एक उद्यानमा एक

पाकिस्तानका कुख्यात आतङ्ककारी मारिए

२२ वैशाख, एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको प्रहरीले बिहीबार डेरा इस्माइल खान जिल्लामा भएको मुठभेडमा एक जना मोस्ट वान्टेड आतङ्कवादीलाई मारेको विज्ञप्तिमा उल्लेख छ। प्रहरीका अनुसार जिल्लाको फतेह मोर इलाकामा मोहम्मद इकबाल आलिया बाली खियार नाम गरेका आतङ्ककारी साथीसहित मारिएका हुन् । प्रहरीको एन्टी टेररिस्ट स्क्वाडका कर्मचारीले आतङ्ककारीलाई घेरेर

६० लाख अमेरिकी डलरले घट्यो पाकिस्तानको विदेशी मुद्रा सञ्चिति

२२ वैशाख, एजेन्सी । स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घटेको जनाएको छ । गत अप्रिल २८ मा उल्लेख भएअनुसार पाकिस्तानी केन्द्रीय बैंकको कुल विदेशी मुद्रा सञ्चिति लगभग ४.५ बिलियन डलरमा झरेको पनि एसबीपीले बिहीबार विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । वाणिज्य

क्रेमलिन ड्रोन हमलामा वाशिङ्टन जिम्बेवारः रुस

२२ वैशाख, एजेन्सी । हालै क्रेमलिनमा भएको ड्रोन हमलाको पछाडि संयुक्त राज्य अमेरिका र युक्रेनको हात रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार बताएका छन् । "हामीसँग यसको प्रमाण छ । त्यो सम्बन्धित डाटा हाम्रो विशेष सेवाले प्राप्त गरेको छ ," पेस्कोभले क्रेमलिनमा बुधबार यस बारे उल्लेख गरेका छन् । प्रवक्ता

बेलायती विशाल ऊर्जा कम्पनीले बढायो नाफा

२२ वैशाख, एजेन्सी । बेलायती विशाल ऊर्जा शेलले बिहीबार कम ऊर्जा मूल्यको बावजुद पहिलो त्रैमासिकमा आफ्नो नाफा बढाएको छ । एक वर्ष पहिले रूसबाट बाहिर निस्कँदा ठूलो शुल्कको मारमा परेको कम्पनीले यस त्रैमाषिकमा नाफा बढाएको हो । करपछिको नाफा एक वर्ष अघिको तुलनामा २२ प्रतिशतले बढेर ८.७ बिलियन डलर (६.७ बिलियन

युक्रेनले पुटिनमाथि आक्रमण प्रयास नगरेको जेलेन्स्कीको दावी

२२ वैशाख, एजेन्सी । युक्रेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको ज्यान लिने प्रयास गरेको भन्ने क्रेमलिनको आरोपको युक्रेनी राष्ट्रपतिले खण्डन गरेका छन्। फिनल्यान्ड भ्रमणमा रहेका भोलोदिमिर जेलेन्स्कीले आक्रमणबारे रूसी दाबीको खण्डन गर्दै भने,“हामी पुटिन र मस्कोमाथि आक्रमण गर्दैनौँ । हामी आफ्नो भूभागका लागि लड्छौँ । हामी हाम्रा गाउँ र सहरहरूको रक्षा

सुडानमा जारी द्वन्द्वका कारण ८ लाख ६० हजार मानिस विस्थापित हुनसक्ने

२२ वैशाख, एजेन्सी । युद्धविरामको पछिल्लो प्रयासको वेवास्ता गर्दै सुडानको राजधानी खार्तूममा बिहीबार लगातार २० औं दिन पनि गोली हानाहान र विष्फोट भएको छ । संयुक्त राष्ट्रसङ्घले द्वन्द्व लम्बिँदै जाँदा आठ लाख ६० हजार शरणार्थी पलायन हुने चेतावनी दिएको छ । पछिल्लो युद्धविरामको समयावधि बुधबार मध्यरातमा सकिएपछि सेनाले सात दिने नयाँ

नेपाल र नाऊरुबीच कूटनीतिक सम्बन्ध स्थापना

२२ वैशाख ,काठमाडौँ । नेपालले नाऊरुसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । बिहीबार राष्ट्रसङ्घीय मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र राष्ट्रसङ्घका लागि नाऊरुकी प्रतिनिधि मार्गो रेमिनिस्से डिएइले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने देशको सङ्ख्या एक सय ७९

सम्वन्धित समाचारहरु