Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

थाइल्याण्ड निर्वाचन : २०२० मा गठन भएको युवा नेतृत्वको पार्टीले मच्चायो हलचल


१ जेठ, एजेन्सी । घोषित निर्वाचन परिणामले थाइल्याण्डको कडा चुनावी प्रतिस्पर्धापछि फेउ थाई पार्टीले प्रगतिशिल मुभ फरवार्ड पार्टी (एमएफपी) सँग गठबन्धन बनाउने देखिएको थाई अधिकारीहरूले जनाएका छन् ।

निर्वाचन आयोगबाट सोमबार सार्वजनिक तथ्याङ्क अनुसार करिब एक दशकसम्म सेनानिकट परम्परावादी दलहरूलाई भारी पराजयको भट्का दिँदै मुभ फरवार्ड पार्टी सबैभन्दा ठूलो दल बन्ने देखिएको छ ।

अल जजिराका अनुसार ९७ प्रतिशत मतदान केन्द्रको गणनासँगै प्रोग्रेसिभ मुभ फरवार्ड पार्टी (एमएफपी) ले लोकप्रिय मतमा एक करोड ३५ लाख, प्रतिद्वन्द्वी विपक्षी दल फेउ थाईले एक करोड तीन लाख र प्रधानमन्त्री प्रयुत चान–ओ–चाको युनाइटेड थाई नेशन पार्टीले ४५ लाख मत प्राप्त गरेका छन् ।

पछिल्लो मत परिणाम अनुसार यस पहिले थाइल्याण्डको संसदमा विपक्षी दलको भूमिका निर्बाह गर्दै आएका फेउ थाई पार्टी र मुभ फरवार्ड पार्टीले निर्वाचन क्षेत्र र दलीय सूची दुवै दौडमा पालैपालो अग्रता लिइरहेका छन् । मतगणना जारी छ ।

बैङ्कक पोस्टका अनुसार फेउ थाईका प्रधानमन्त्रीका तीन दावेदारमध्ये एक स्रेथा थाभिसिनले अनौपचारिक नतिजाले फेउ थाई अझै पनि अग्रस्थानमा रहेको देखाएको बताएका छन् ।

सन् २०२० मा गठन भएको युवा नेतृत्वको प्रगतिशील पार्टी एमएफपीले ११५ निर्वाचन क्षेत्र जित्ने प्रवल सम्भावना देखिएको छ भने यसले राष्ट्रव्यापी मतदानका लागि दलद्वारा छुट्याइएको सिटसङ्ख्याको ३३ प्रतिशत हिस्सा ओगटे्ने देखिएको छ ।

अर्बपति सिनावात्रा परिवारसँग जोडिएको विपक्षी दल फेउ थाईले ११२ निर्वाचन क्षेत्र र पार्टीको सूचीका २५ प्रतिशत सिट जित्ने अनुमान गरिएको छ ।

सन् २०१४ को ‘कू’ पछि पहिलो पटक सत्तामा आएका प्रधानमन्त्री प्रयुथ चान–ओचाको युनाइटेड थाई नेशन पार्टीले निर्वाचन क्षेत्रमध्ये २५ सिट र पार्टी सूचीको १० प्रतिशत सिट जित्ने अपेक्षा गरिएको छ ।

आइतबार सम्पन्न निर्वाचनबाट तल्लो सदनका ५०० सिटका लागि प्रतिस्पर्धा हुँदैछ, जसमध्ये ४०० प्रत्यक्ष निर्वाचित निर्वाचन क्षेत्र हुन् ।

बाँकी समानुपातिक प्रतिनिधित्व प्रणालीअनुसार बाँडफाँड गरिएको छ । फेउ थाई नेता पेटोङ्टार्न सिनावात्राले एमएफपीलाई चुनावी सफलताका लागि बधाई दिँदै सबैभन्दा बढी मत प्राप्त गर्ने पार्टीले अर्को सरकारको नेतृत्व गर्न पाउने बताएका छन् ।

“हामी मुभ फरवार्डसँग कुरा गर्न तयार छौं, तर हामी आधिकारिक नतिजाको पर्खाइमा छौं,” उनले बैङ्ककमा पत्रकारसँग भने । “म उहाँहरूका लागि खुसी छु,” उनले थपे ।

सन् २०२० मा युवाको नेतृत्वमा भएको जनलोकतन्त्र समर्थक प्रदर्शनपछिको यो पहिलो निर्वाचन हो भने सन् २०१४ मा भएको सैन्य ‘कू’ले निर्वाचित सरकारलाई अपदस्थ गरेपछिको यो दोस्रो निर्वाचन हो ।


प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?