Trending
>>   नायव महान्यायाधिवक्ता घिमिरेको स्वेच्छिक अवकाश स्वीकृत >>   सांसद मोदीको प्रश्नः मापदण्ड नै नपुगेको कम्पनीलाई जगदुल्ला हाइड्रो पावर बनाउने जिम्मा कसरी दिइयो ? >>   पूर्वराष्ट्रपतिलाई राजनीतिमा ल्याउन खोज्नु राष्ट्रपति पदकै अपमान होः प्रधानमन्त्री ओली >>   पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१ >>   एमालेले विधान अधिवेशनको सुझाव संकलन थाल्यो, २५१ सदस्यीय केन्द्रिय कमिटी र पदाधिकारी १५ जनाको >>   कम्युनिष्ट आन्दोलनको भविष्य अझै छः अध्यक्ष नेपाल >>   वामदेवले भनेः मलाई कार्यक्षेत्र नदिए पार्टीमा लामो समय बस्न सक्दिन >>   झलनाथको टिप्पणीः अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन >>   बंगलादेशको सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुग्यो >>   उत्तरी म्यानमारमा जेड खानी भत्किँदा २० जना पुरिए
Logo
७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

थाइल्याण्ड निर्वाचन : २०२० मा गठन भएको युवा नेतृत्वको पार्टीले मच्चायो हलचल


१ जेठ, एजेन्सी । घोषित निर्वाचन परिणामले थाइल्याण्डको कडा चुनावी प्रतिस्पर्धापछि फेउ थाई पार्टीले प्रगतिशिल मुभ फरवार्ड पार्टी (एमएफपी) सँग गठबन्धन बनाउने देखिएको थाई अधिकारीहरूले जनाएका छन् ।

निर्वाचन आयोगबाट सोमबार सार्वजनिक तथ्याङ्क अनुसार करिब एक दशकसम्म सेनानिकट परम्परावादी दलहरूलाई भारी पराजयको भट्का दिँदै मुभ फरवार्ड पार्टी सबैभन्दा ठूलो दल बन्ने देखिएको छ ।

अल जजिराका अनुसार ९७ प्रतिशत मतदान केन्द्रको गणनासँगै प्रोग्रेसिभ मुभ फरवार्ड पार्टी (एमएफपी) ले लोकप्रिय मतमा एक करोड ३५ लाख, प्रतिद्वन्द्वी विपक्षी दल फेउ थाईले एक करोड तीन लाख र प्रधानमन्त्री प्रयुत चान–ओ–चाको युनाइटेड थाई नेशन पार्टीले ४५ लाख मत प्राप्त गरेका छन् ।

पछिल्लो मत परिणाम अनुसार यस पहिले थाइल्याण्डको संसदमा विपक्षी दलको भूमिका निर्बाह गर्दै आएका फेउ थाई पार्टी र मुभ फरवार्ड पार्टीले निर्वाचन क्षेत्र र दलीय सूची दुवै दौडमा पालैपालो अग्रता लिइरहेका छन् । मतगणना जारी छ ।

बैङ्कक पोस्टका अनुसार फेउ थाईका प्रधानमन्त्रीका तीन दावेदारमध्ये एक स्रेथा थाभिसिनले अनौपचारिक नतिजाले फेउ थाई अझै पनि अग्रस्थानमा रहेको देखाएको बताएका छन् ।

सन् २०२० मा गठन भएको युवा नेतृत्वको प्रगतिशील पार्टी एमएफपीले ११५ निर्वाचन क्षेत्र जित्ने प्रवल सम्भावना देखिएको छ भने यसले राष्ट्रव्यापी मतदानका लागि दलद्वारा छुट्याइएको सिटसङ्ख्याको ३३ प्रतिशत हिस्सा ओगटे्ने देखिएको छ ।

अर्बपति सिनावात्रा परिवारसँग जोडिएको विपक्षी दल फेउ थाईले ११२ निर्वाचन क्षेत्र र पार्टीको सूचीका २५ प्रतिशत सिट जित्ने अनुमान गरिएको छ ।

सन् २०१४ को ‘कू’ पछि पहिलो पटक सत्तामा आएका प्रधानमन्त्री प्रयुथ चान–ओचाको युनाइटेड थाई नेशन पार्टीले निर्वाचन क्षेत्रमध्ये २५ सिट र पार्टी सूचीको १० प्रतिशत सिट जित्ने अपेक्षा गरिएको छ ।

आइतबार सम्पन्न निर्वाचनबाट तल्लो सदनका ५०० सिटका लागि प्रतिस्पर्धा हुँदैछ, जसमध्ये ४०० प्रत्यक्ष निर्वाचित निर्वाचन क्षेत्र हुन् ।

बाँकी समानुपातिक प्रतिनिधित्व प्रणालीअनुसार बाँडफाँड गरिएको छ । फेउ थाई नेता पेटोङ्टार्न सिनावात्राले एमएफपीलाई चुनावी सफलताका लागि बधाई दिँदै सबैभन्दा बढी मत प्राप्त गर्ने पार्टीले अर्को सरकारको नेतृत्व गर्न पाउने बताएका छन् ।

“हामी मुभ फरवार्डसँग कुरा गर्न तयार छौं, तर हामी आधिकारिक नतिजाको पर्खाइमा छौं,” उनले बैङ्ककमा पत्रकारसँग भने । “म उहाँहरूका लागि खुसी छु,” उनले थपे ।

सन् २०२० मा युवाको नेतृत्वमा भएको जनलोकतन्त्र समर्थक प्रदर्शनपछिको यो पहिलो निर्वाचन हो भने सन् २०१४ मा भएको सैन्य ‘कू’ले निर्वाचित सरकारलाई अपदस्थ गरेपछिको यो दोस्रो निर्वाचन हो ।


प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?