Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

प्रतिबन्ध लगाउने देशबाट बङ्गलादेशले कुनै सामान खरिद नगर्ने


१ जेठ, एजेन्सी । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफूमाथि प्रतिबन्ध लगाउने देशबाट बङ्गलादेशले कुनै पनि सामान खरिद नगर्ने बताएकी छन् ।

बङ्गलादेशको इन्स्टिच्युट अफ इन्जिनियर्स, बङ्गलादेश (आईईबी) को ६०औँ अधिवेशनको शनिबार ढाकामा उद्घाटन गर्दै प्रधानमन्त्री हसिनाले उक्त कुरा बताएकी हुन् ।

उनले भनिन्, “अहिले आतङ्कवाद नियन्त्रण गर्नेहरूमाथि प्रतिबन्ध लगाउने प्रवृत्ति देखिएको छ । हामीले एउटा निर्णय गरेका छौं । मैले भनेको छु कि हामी प्रतिबन्ध लगाउनेहरूबाट केही पनि किन्ने छैनौ,”।

हसिनाले यसअघि बङ्गलादेशको विशेष सुरक्षा बल एकाइ, र्यापिड एक्सन बटालियन (आरएबी) का अधिकारीहरूमाथि अमेरिकी प्रतिबन्धको निन्दा गर्दै यो कदम ‘अत्यन्त निन्दनीय कार्य’ भएको बताएकी थिइन् ।

उनले दक्षिण एशियाली मुलुकले आतङ्कवाद र आतङ्कवादी प्रवृतिलाई नियन्त्रण गर्ने प्रयासमा अभिजात वर्गले ठूलो योगदान पुर्याएको बताइन् ।

डिसेम्बर २०२१ मा, अमेरिकी ट्रेजरी विभाग र विदेश विभागले आरएबी र यसका सात बहालवाला र पूर्व शीर्ष अधिकारीहरूमाथि मानव अधिकार उल्लङ्घन गरेको भन्दै प्रतिबन्धको घोषणा गरेका थिए ।


प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?