Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

अनियन्त्रित कारले भीडलाई ठक्कर दिँदा ६ जनाको मृत्यु, ६ जना घाइते


अङ्गोलाको राजधानी लुआण्डामा आइतबार बिहान सबेरै अनियन्त्रित कारले भीडलाई ठक्कर दिँदा छ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार तीव्र गतिमा रहेको कार चालकले गाडीमाथि नियन्त्रण गुमाएपछि लुआण्डाको तालाटोना नगरपालिकाको कमामा क्षेत्र नजिकै उभिरहेका १२ जना पैदलयात्रीमा ठोक्किएर पल्टिँदा सो दुर्घटना भएको हो ।

राष्ट्रिय प्रहरी प्रवक्ता नेस्टर गोवेलले बताएअनुसार दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात घाइतेलाई उपचारका लागि लुआण्डा जनरल अस्पताल लगिएको छ । घाइतेमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि घटनास्थलबाट भागेका टोयोटा हिलिक्सका चालकको खोजी भइरहेको छ ।


प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?