Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

जर्मनी युक्रेनको ‘सच्चा मित्र’: युक्रेनी राष्ट्रपति


१ जेठ, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्धको आफ्नो देशको लडाइँमा जर्मनीलाई ‘सच्चा मित्र’ को संज्ञा दिएका छन्।

राष्ट्रपति जेलेन्स्कीको भ्रमणका क्रममा बर्लिनले किएभका लागि २.७ अर्ब युरो (तीन अर्ब अमेरिकी डलर) बराबरको नयाँ सैन्य प्याकेज सार्वजनिक गरेको छ, जुन युक्रेनका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो हो।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पछिल्लो एक हप्तामा जर्मन चान्सलर ओलाफ स्कोल्ज, जर्मन समकक्षी फ्रान्क वाल्टर स्टेनमियरका साथै रोममा इटालियन नेता र पोप फ्रान्सिससँग भेटवार्ता गरेका थिए।

जेलेन्स्कीको सप्ताहन्तको कूटनीतिक भ्रमण रेक्जाभिकमा इयूको शिखर सम्मेलन र जापानमा जी-७ नेताहरूको जमघटको पूर्वसन्ध्यामा हुन लागेको हो।

बर्लिनमा उनले चान्सलर ओलाफ स्कोल्जलाई हतियार प्याकेजको रूपमा जर्मनीको ‘शक्तिशाली समर्थन’ का लागि धन्यवाद दिँदै भने, ‘यो सुरक्षा प्याकेजमा भएका सबै कुराले हाम्रो प्रतिरक्षालाई उल्लेखनीय रूपमा बलियो बनाउनेछ।’

‘अब हामीले यो वर्ष यो युद्धको अन्त्यको हो भनेर निर्णय गर्ने समय आएको छ। यस वर्ष हामी आक्रमणकारीको हारलाई अपरिवर्तनीय बनाउन सक्छौँ,’ उनले थपे।


प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?