Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

जर्मनी युक्रेनको ‘सच्चा मित्र’: युक्रेनी राष्ट्रपति


१ जेठ, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्धको आफ्नो देशको लडाइँमा जर्मनीलाई ‘सच्चा मित्र’ को संज्ञा दिएका छन्।

राष्ट्रपति जेलेन्स्कीको भ्रमणका क्रममा बर्लिनले किएभका लागि २.७ अर्ब युरो (तीन अर्ब अमेरिकी डलर) बराबरको नयाँ सैन्य प्याकेज सार्वजनिक गरेको छ, जुन युक्रेनका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो हो।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पछिल्लो एक हप्तामा जर्मन चान्सलर ओलाफ स्कोल्ज, जर्मन समकक्षी फ्रान्क वाल्टर स्टेनमियरका साथै रोममा इटालियन नेता र पोप फ्रान्सिससँग भेटवार्ता गरेका थिए।

जेलेन्स्कीको सप्ताहन्तको कूटनीतिक भ्रमण रेक्जाभिकमा इयूको शिखर सम्मेलन र जापानमा जी-७ नेताहरूको जमघटको पूर्वसन्ध्यामा हुन लागेको हो।

बर्लिनमा उनले चान्सलर ओलाफ स्कोल्जलाई हतियार प्याकेजको रूपमा जर्मनीको ‘शक्तिशाली समर्थन’ का लागि धन्यवाद दिँदै भने, ‘यो सुरक्षा प्याकेजमा भएका सबै कुराले हाम्रो प्रतिरक्षालाई उल्लेखनीय रूपमा बलियो बनाउनेछ।’

‘अब हामीले यो वर्ष यो युद्धको अन्त्यको हो भनेर निर्णय गर्ने समय आएको छ। यस वर्ष हामी आक्रमणकारीको हारलाई अपरिवर्तनीय बनाउन सक्छौँ,’ उनले थपे।


प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?