Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

जेन–जी प्रतिनिधिको प्रधानमन्त्रीलाई कटाक्षः माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु


जेन–जी प्रतिनिधिको प्रधानमन्त्री कार्कीलाई कटाक्षः ‘माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जाऊँ’

काठमाडौँ। जेन–जी प्रतिनिधि किशोरी कार्कीले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेकी छिन् ।

बिहीवार ‘जेन–जी आन्दोलनको एकसय दिनः उपलब्धी र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले जेन–जी आन्दोलनकारीका माग सम्बोधन गर्दै शहीद परिवारलाई क्षतिपूर्ति दिन नसक्ने भए पद छोडेर तीर्थ यात्रामा निस्कन प्रधानमन्त्री कार्कीलाई आग्रह समेत गरेकी छिन् । उनले देशसँग जोस, जाँगर र नेतृत्व क्षमता भएका शिक्षित युवाहरू रहेको उल्लेख गर्दै परिवर्तित समयसापेक्ष चल्न नसक्ने जोसुकैले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेकी छिन् । उनले सरकारले सम्झौताको नाममा काठमाडौं केन्द्रित आन्दोलनकारीलाई मात्रै हेरेर गाउँमा रहेका जेन–जी युवाहरूलाई उपेक्षा गरेको आरोप समेत लगाएकी छिन् ।

उनले भनिन्, ‘म प्रधानमन्त्रीज्यूलाई के भन्न चाहन्छु भने तपाईसँग जेन–जीका माग र शहीद परिवारलाई क्षतिपूर्ति दिनसक्ने क्षमाता छैन भने पद छोडेर गइदिनुहोस् । युवाहरु छन् हामीसँग । जोस, जाँगर भएको र देशको लागि अगाडि बढ्छु भन्ने शिक्षित युवाहरु हुनुहुन्छ । शहीद परिवार र घाइते परिवारलाई पनि म के भन्न चाहन्छु भने पटक पटक ठक्कर खाँदै गलत बाटोमा नहिँड्नुहोस् । बरु सही नेतृत्व लिएर सही बाटोमा हिड्नुस् र २१ फागुनमा आउने निर्वाचनमा तपाईहरु पनि अगाडि बढ्नुहोस् । काठमाडौंमा रहेका आन्दोलनकारीलाई मात्र जेनजी अगुवा भनेर गाउँमा रहेका जेनजीहरुलाई उपेक्षा गरिएको छ । प्रधानमन्त्रीज्युलाई म के आग्रह गर्न चाहन्छु भने यो बुढेसकालमा काम गर्न सक्नुहुन्न भने तीर्थ यात्रा जानुहोस् । यसरी घाइते र शहीद परिवारको रगतमाथि खेलवाड नगर्नुहोस् । भोलिको दिनमा आरोप झेल्नुको सट्टा सक्षम युवाहरुलाई अगाडि बढाउनुस् ।’

उनले जेन–जी आन्दोलनलाई भावनात्मक रुपमा लिई साइनो लगाउँदै नबस्न समेत कार्कीलाई चेतावनी दिएकी छिन् ।


प्रकाशित मिति: ३ पुष २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?