Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

जेन–जी आन्दोलनको जगमा बनेको कार्की सरकार अपेक्षाअनुसार चलेनः मिराज ढुंगाना


जेन–जी आन्दोलनका प्रतिनिधि मिराज ढुंगानाले विद्रोहपछि गठन भएको अन्तरिम सरकारले अपेक्षाकृत काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । बिहीवार ‘जेनजी आन्दोलनको एकसय दिनः उपलब्धि र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारले आन्दोलनकारीका मागअनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभएको हो । उहाँले विगतका कुनैपनि सरकारले प्रभावकारी काम गर्न नसकेकै कारण मुलुक यस्तो अवस्थामा पुगेको उल्लेख गर्दै सरकारले केही नबिगार्दैमा राम्रो सरकार भन्न नसकिने धारणा राख्नुभयो । जेन–जी आन्दोलनमा सचेत वर्ग (कन्सियस क्राउड) र निराश वर्ग (फ्रस्टेड क्राउड) सहभागी भएको उल्लेख गर्दै उनीहरुको माग र आवश्यकताअनुसार सरकार अघि बढ्न नसेकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘विगतमा हामीले कुनैपनि राम्रो सरकार पाएनौँ । विगतका सरकारले राम्रो गरिदिएको भए आज यो अवस्था आउने थिएन । यो सरकारले केही बिगारेको छैन । अनैतिक नियुक्तिका कुराहरु पनि आएका छन् । राम्रो काम त हुँदै भएको छ । त्यसकारण बिगारेको छैन भन्दैमा यो सरकारलाई राम्रो भन्न मिल्दैन । जेनजी आन्दोलनमा दुई प्रकारका मान्छे आएका थिए । कन्सियस क्राउड र फ्रस्टेड क्राउड आन्दोलनमा आएका थिए । आन्दोलनपछिको सरकार पटि आन्दोलनकारीको मागअनुसार अघि बढिरहेको छैन । सुशीला कार्कीज्यु केही नगर्नको लागि प्रधानमन्त्री हुन आउनुभएको हो त ? यो सरकारले रोजगारी दिने काम गर्नुपर्ने थियो । शिक्षा र स्वास्थ्यको नागरिकलाई सहज उपलब्ध गराउनुपर्ने थियो । देशमा रोजगारीको सिर्जना गर्नु त कता हो कता जेनजी आन्दोलनका घाइतेहरुलाई वैदेशिक रोजगारीमा पठाउने रे । योभन्दा बेइज्जतीको कुरा केही हुन्छ ?’ उहाँले सरकारले जेन–जी समूहसँग गरेको सम्झौतालाई ललिपप सम्झौताको संज्ञा दिँदै उक्त सम्झौता सर्वमान्य नभएको टिप्पणी समेत गर्नुभयो ।

काठमाडौँ। जेन–जी आन्दोलनका प्रतिनिधि मिराज ढुंगानाले विद्रोहपछि गठन भएको अन्तरिम सरकारले अपेक्षाकृत काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

बिहीवार ‘जेनजी आन्दोलनको एकसय दिनः उपलब्धि र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले आन्दोलनकारीका मागअनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन् । उनले विगतका कुनैपनि सरकारले प्रभावकारी काम गर्न नसकेकै कारण मुलुक यस्तो अवस्थामा पुगेको उल्लेख गर्दै सरकारले केही नबिगार्दैमा राम्रो सरकार भन्न नसकिने धारणा राखेका छन् । जेन–जी आन्दोलनमा सचेत वर्ग (कन्सियस क्राउड) र निराश वर्ग (फ्रस्टेड क्राउड) सहभागी भएको उल्लेख गर्दै उनीहरुको माग र आवश्यकताअनुसार सरकार अघि बढ्न नसेकेको उनको भनाइ छ ।

उनले भने, ‘विगतमा हामीले कुनैपनि राम्रो सरकार पाएनौँ । विगतका सरकारले राम्रो गरिदिएको भए आज यो अवस्था आउने थिएन । यो सरकारले केही बिगारेको छैन । अनैतिक नियुक्तिका कुराहरु पनि आएका छन् । राम्रो काम त हुँदै भएको छ । त्यसकारण बिगारेको छैन भन्दैमा यो सरकारलाई राम्रो भन्न मिल्दैन । जेनजी आन्दोलनमा दुई प्रकारका मान्छे आएका थिए । कन्सियस क्राउड र फ्रस्टेड क्राउड आन्दोलनमा आएका थिए । आन्दोलनपछिको सरकार पटि आन्दोलनकारीको मागअनुसार अघि बढिरहेको छैन । सुशीला कार्कीज्यु केही नगर्नको लागि प्रधानमन्त्री हुन आउनुभएको हो त ? यो सरकारले रोजगारी दिने काम गर्नुपर्ने थियो । शिक्षा र स्वास्थ्यको नागरिकलाई सहज उपलब्ध गराउनुपर्ने थियो । देशमा रोजगारीको सिर्जना गर्नु त कता हो कता जेनजी आन्दोलनका घाइतेहरुलाई वैदेशिक रोजगारीमा पठाउने रे । योभन्दा बेइज्जतीको कुरा केही हुन्छ ?’

उनले सरकारले जेन–जी समूहसँग गरेको सम्झौतालाई ललिपप सम्झौताको संज्ञा दिँदै उक्त सम्झौता सर्वमान्य नभएको टिप्पणी समेत गरेका छन् ।


प्रकाशित मिति: ३ पुष २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?